लन्डन । ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड यूकेको गत शुक्रबार ग्लेनवर्थ भेटेरान क्लबमा सम्पन्न विशेष साधारण सभाले समिति पुनर्गठन गरेको छ ।
२५ सदस्सीय नयां कार्यसमितिको अध्यक्षमा तिलक राई, उपाध्यक्षमा श्रीमती हेमा राना गुरुङ, सचिवमा एकबहादुर गुरुङ, सहसचिवमा सुश्री दिब्या गुरुङ, कोषाध्यक्षमा भीमबहादुर गुरुङ, सहकोषाध्यक्ष लिला गुरुङ र प्रवक्तामा श्रीमती कमला राना चुनिएकी छिन् ।
त्यस्तै साधारणसभाले महिला विभाग प्रमुखमा श्रीमती गंगादेवी गुरुङ, महिला विभाग उपप्रमुखमा श्रीमती लक्ष्मी घले, महिला विभाग सचिवमा सुश्री दिपा गुरुङ, महिला विभाग सहसचिवमा श्रीमती माया घले, डिजे प्रमुख कृष्ण थापा, डिजे उपप्रमुखमा भिम गुरुङ, सांस्कृतिक कार्यक्रम प्रमुख श्रीमती गंगा देवान, सांस्कृतिक कार्यक्रम उपप्रमुखमा श्रीमती सुनिता गुरुङ, कार्यक्रम व्यवस्थापन समिति प्रमुखमा गनिराम घले, कार्यक्रम व्यवस्थापन समिति उपप्रमुखमा शेरबहादुर लिम्बु, कार्यक्रम ब्यवस्थापन समिति उपप्रमुख योगेन्द्र आङदेम्वे, स्वयंसेवक प्रमुख तारा पुलामी, स्वयंसेवक उपप्रमुखमा राजन राई, प्रकाशन प्रमुखमा हिमकला थापा, प्रकाशन उपप्रमुखमा रबिन राई, फोटोग्राफर प्रमुख बीर लामा, प्रकाशन फोटोग्राफर उपप्रमुखमा तोमकुमार गुरुङ, संस्थाको अडिटर प्रमुखमा जीत बहादुर घलेलाई चयन गरेको छ ।
सल्लाहकारहरुमा संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार कुल घले, प्रमुख सल्लाहकार गणेश राना, सल्लाहकारहरुमा नरेश खपाङ्गी, मोहन ब. गुरुङ, कृष्ण गुरुङ, दल बहादुर गुरुङ, मनबहादुर गुरुङ, भीमबहादुर मास्की राना र धनबहादुर गुरुङ छन् ।
भेलाले आगामी २०१७ अप्रिल १५ तारिख शनिबारका दिन डार्टफोर्ड टेम्पल हिल स्क्वायरमा नेपाली नयां वर्ष विशिष्ठ पाहुनाहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?