लन्डन । एनआरएनए यूकेको ७ औं अधिवेशन आगामी सेप्टेम्बर ९ मा हुने भएको छ । संघको शनिबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यसमिति बैठकले अधिवेशन अल्डरसटस्थित एम्पायर हलमा गर्ने निर्णय गरेको हो । आगामी १२ मार्चमा हुने साइबर बैठकले निर्वाचन समिति र विधान संशोधन समिति गठन गर्ने निर्णय भएको संघका प्रवक्ता खुशी लिम्बुले जानकारी दिए ।
संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त ९ औं कार्यसमिति बैठकमा एनआरएनए युरोप संयोजक कुल आचार्य, आइसीसी सदस्यहरु योगेन क्षेत्री, सुष्मा राई, विश्वासदीप तिगेला, संगिता मरहट्ठा र केही सल्लाहकार समेत सहभागी थिए ।
बैठकले एनआरएनए यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टलाई च्यारिटीबाट बिजनेस मोडलमा लैजाने निर्णय गरेको छ । अब स्वामित्व संघले लिएपनि नेपाल हाउसमा व्यक्तिगत वा सामूहिक लगानी गर्न बाटो खुल्नेछ । च्यारिटीमा जांदा झण्डै अढाइ मिलियन पाउण्ड खर्च लाग्ने ठानिएको नेपाल हाउस प्रोजेक्टका लागि अर्थ संकलन ज्यादै जटिल भइरहेको छ ।
बैठकले एनसीसी एक प्रोजेक्ट (सिरिसे स्कुल) का लागि सहयोग गर्ने वचन दिएका सबै समाजसेवीमा प्रतिवद्धता रकम छिटो संघको खातामा दाखिला गर्न अनुरोध समेत गरेको छ ।
बैठकले संघका तर्फबाट एनआरएनए आइसीसीले गोरखामा निर्माण गरिरहेको लाप्राक नमुना वस्तीमा स्वयंसेवक खटाउने निर्णय गर्दै अप्रिल ८ सम्म साइटमा पुगिसक्ने निर्णय गरेको छ । आइसीसीले अपेक्षा गरे बमोजिम यूके एनसीसीले लाप्राक गाउंमा इन्टरनेट उपलब्ध गराउन दुई देखि ४ लाख रुपैयांसम्म सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आगामी ४ मार्चमा हुन लागेको १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस सफल बनाउन महिला संयोजक सुशिला राई र उनको टिमलाई सघाउने निर्णय गरेको छ । बैठकमा आइटी अपरेटर मिलन गुरुङ र प्रेस विभाग संयोजक खुशी लिम्बुले आइसीसीको पहलमा भएको केन्द्रिय सूचना व्यवस्थापन प्रणालीको प्रगति विवरण पेश गरेका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई