रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताउनुभएको हो ।
राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताउनुभयो ।
विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु ” ।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “रोल्पाको विकास र परिवर्तनमा आफू सधँै लागिरहने बताउनुभयो ।
राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उहाँको भनाइ थियो ।
अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले बताउनुभयो ।
एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।
प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा पुग्नुभएको छ ।
रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव आज उद्घाटन भई फागुन १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण