इस्लामाबाद, ६ माघ । पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् ।
यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २०० जना अन्य घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको थियो ।
प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवै भन्दा बढी दु्खदायी भएको बताएका छन् ।
उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने मध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिनुभयो ।
केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उहाँले बताउनु भयो ।
सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । गम्भिर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता