भ्यालेन्टाइन डेबाट एनआरएनए यूकेको नयां वेवसाइट


लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतले १४ फेब्रुअरी २०१७ बाट आफ्नो नयाँ वेवसाइट  http://uk.nrna.org  शुरु गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको अवधारणा अनुरुप तयार गरिएको उक्त वेवसाइट सञ्चारको एउटा विश्वब्यापी प्लेटफर्म भएको जनाउंदै संघले त्यसबाट विश्वभरका सबै राष्ट्रिय परिषदहरुले अब आ आफ्नै पेज र पोर्टलहरु पाउने जनाएको छ । मुख्य पेज www.nrna.org मा होम पेज देखिनेछ भने आ-आफ्नो देशको वेवसाइट जान ड्रप डाउन मेनुमा गएर आ आफ्नो देशको झण्डामा क्लिक गर्नुपर्नेछ ।

संघका प्रवक्ता खुशी लिम्बुका अनुसार, आइसीसीको निर्देशनमा सचिवालयका कर्मचारीहरु र विभिन्न देशका एनसीसी पदाधिकारीहरुको सक्रियतामा शुरु भएको यो अवधारणा हाल परिक्षणकालमै छ । अहिले भने यूके, अस्टेलिया र अमेरिकाको पेजहरु मात्र उपलब्ध छन् । अन्य देशका एनसीसीको पोर्टलहरु पनि थपिंदै लगिने जनाइएको छ ।

एनआरएनए यूकेको वेवसाइट बनाउन प्रवक्ता खुशी लिम्बु, अध्यक्ष मुछेत्र गुरुङ र कार्यसमितिका मिलन गुरुङ सक्रिय भएर लागेका थिए । यससंगै संघको पुरानो ढांचाको वेवसाइट बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री