
लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतले १४ फेब्रुअरी २०१७ बाट आफ्नो नयाँ वेवसाइट http://uk.nrna.org शुरु गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको अवधारणा अनुरुप तयार गरिएको उक्त वेवसाइट सञ्चारको एउटा विश्वब्यापी प्लेटफर्म भएको जनाउंदै संघले त्यसबाट विश्वभरका सबै राष्ट्रिय परिषदहरुले अब आ आफ्नै पेज र पोर्टलहरु पाउने जनाएको छ । मुख्य पेज www.nrna.org मा होम पेज देखिनेछ भने आ-आफ्नो देशको वेवसाइट जान ड्रप डाउन मेनुमा गएर आ आफ्नो देशको झण्डामा क्लिक गर्नुपर्नेछ ।
संघका प्रवक्ता खुशी लिम्बुका अनुसार, आइसीसीको निर्देशनमा सचिवालयका कर्मचारीहरु र विभिन्न देशका एनसीसी पदाधिकारीहरुको सक्रियतामा शुरु भएको यो अवधारणा हाल परिक्षणकालमै छ । अहिले भने यूके, अस्टेलिया र अमेरिकाको पेजहरु मात्र उपलब्ध छन् । अन्य देशका एनसीसीको पोर्टलहरु पनि थपिंदै लगिने जनाइएको छ ।
एनआरएनए यूकेको वेवसाइट बनाउन प्रवक्ता खुशी लिम्बु, अध्यक्ष मुछेत्र गुरुङ र कार्यसमितिका मिलन गुरुङ सक्रिय भएर लागेका थिए । यससंगै संघको पुरानो ढांचाको वेवसाइट बन्द गरिएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित