बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १८:३२ | UK Time: 13:47

विद्यालय पुनर्निर्माणका लागि बेलायतमा च्यारिटी

वीनेपाली
२०७३ फागुन २ गते १७:०९


लन्डन । घाचोक माछापुच्छ्रे समाज यूकेले आइतबार नेपालमा विद्यालय पुनर्निर्माणका लागि मिचेटस्थित तमुधिं यूके भवनमा एक च्यारिटी कार्यक्रम गरेको छ ।

घाचोक माछापुच्छ्रे १ स्थित श्री शारदा उच्च मावि पुनर्निर्माणका लागि आयोजित उक्त च्यारिटीबाट करिब दश लाख रुपैयांको प्रतिवद्धता आएको समाजले जनाएको छ । च्यारिटीमा करिब डेढ सय जना सहभागी थिए ।

समाजका अध्यक्ष दिलरास गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले चन्दादाताहरु र सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी थिए तमुधिं यूके सल्लाहकार एवं वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ । उक्त अवसरमा शारदा स्कुल 
कसरी सञ्चालन भयो र पुनर्निर्माण कार्य कसरी बढिरहेको छ भन्नेबारे महिला समाजसेवी नन्दकुमार गुरुङले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ र श्रीमति पवित्रा गुरुङ लगायत गाउंलेहरु सहभागी थिए ।

नारायण गुरुङले सञ्चालन गरेको उक्त च्यारिटी कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक