
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीसंग लन्डनमा अन्तरक्रिया गर्ने भएको छ । आगामी १९ फेब्रुअरी सांझ आइतबार इष्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ मा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा व्यवसायिक अन्तरक्रिया सहित चौधरीको नेपालमा सर्वाधिक विक्री भएको आत्मकथा ‘मेकिङ इट बिगः दि इन्सपायरिङ स्टोरी अफ नेपाल्स् फष्ट बिलिनियर इन हिज वन वर्डस’ को समेत हस्ताक्षर र समिक्षा हुनेछ । पुस्तकमा नेपाल र विश्वमै प्रख्यात वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपका अध्यक्ष चौधरीको सफलताको कथा र संघर्ष छ ।
चौधरी ग्रुपको बैंकिङ, फाइनान्स, इन्सुरेन्स, हाउजिङ, होटल, रियल स्टेट, इलेक्ट्रोनिक्स, सिमेन्ट, बियर आदिमा लगानी छ । उक्त समूहको इण्डियाको ताज ग्रुपसंग समेत सहकार्य छ । फोर्बस म्यागेजिनले सन् २०१३ मा चौधरीलाई नेपालको एकमात्र डलर अर्बपतिका रुपमा चित्रित गरेको थियो । वाइवाइ चाउचाउ नेपालबाहेक भारतमा मात्र एक अर्ब गोटा विक्री भइसकेको छ । सिजी फुड्सले भारतको राजस्थान राज्यमा फुड पार्क निर्माण र सर्बिया, साउदी अरब र बंगलादेशमा समेत चाउचाउ फ्याक्ट्री विस्तारका लागि काम अगाडि बढाइरहेको छ भने श्रीलंका, रुवान्डा र चितवन राष्ट्रिय निकुन्जभित्र भारतीय ताज होटलको साझेदारीमा न्यू ताज सफारी लजमा लगानी गरेको छ ।
चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । महाविनाशकारी भूकम्प लगत्तै उक्त समूहले ‘दि चौधरी फाउण्डेशन’ मार्फत भत्किएका स्कुल र घर निर्माणमा २५ लाख डलर खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
‘सफल उद्योगी चौधरीसंगको अन्तरसंवादले बेलायतस्थित नेपाली व्यवसायी, प्राज्ञ, विद्यार्थी र सिंगो डायस्पोरा लाभान्वित हुने आशा गरेका छौं’, कार्यक्रम संयोजक कृष्ण भट्टले भने, ’चौधरीका सफलताको कथा र अनुभव हामी सबैलाई प्रेरणादायी हुनेछ ।’
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले अर्बपति चौधरीले संघको निम्तो स्वीकार गरेकामा प्रसन्न हुंदै कार्यक्रमले युवा तथा नयां र स्थापित व्यवसायीहरुलाई समेत प्रेरित गर्ने आशा व्यक्त गरे ।
आयोजकले निमन्त्रणा गरिएका व्यक्तिलाई मात्र प्रवेश दिइने र इच्छुकलाई सोमबारसम्म एनआरएनए यूकेमा नाम दर्ता गर्न आग्रह गरेका छन् । उक्त कार्यक्रम सभ्य र भव्य बनाउन कृष्ण भट्टको संयोजकत्वमा एक समिति नै बनाइएको छ ।
चौधरीले अक्सफोर्ड युनिभर्सिटी र प्राइस वाटरहाउस कुपर्सको लन्डन कार्यालयमा समेत प्रवचन दिने कार्यक्रम छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित