लन्डन । बेलायतस्थित नयां शक्ति नेपाल निकट संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले यही मार्च १९ मा हुने आफ्नो महाधिवेशनका लागि विशेष तयारी गरेको छ ।
नयां शक्ति नेपालको युरोप, यूके संयोजक भोला खनालको अध्यक्षतामा हालै भएको समाजको पूर्ण कार्यसमितिको अनलाइन बैठकले बेलायतमा हुन गइरहेको आगामी महाधिवेशन तयारी सम्वन्धमा छलफल गरि विशेष कार्यभार सहित निर्वाचन समितिहरु पनि घोषणा गरेको छ ।
महाधिवेसन विशेष समितिको बैठकमा संयोजक भोला खनाल लगायत अन्तर्राष्ट्रिय नेपाली समाजका सुरोज मास्के, थम बहादुर बिश्वकर्मा, पाण्डव महतो, कर्म पहाडी, हेम गुरुङ, शकुन गुरुङ, गोपाल अधिकारी, राजु कंडेल, रुद्र ढकाल (हलोवाला), पुष्प उप्रेती, बिरेन्द्र श्रेष्ठ, रुद्र श्रेष्ठ, सुमित्रा राई, होमनाथ पौडेल, जगन कार्की, डा. भरत सिम्खडासहित विभिन्न पदाधिकारीहरु तथा नयां नेपाल निर्माणका लागि निरन्तर लागिपरेका युवाहरुको सहभागिता थियो ।
बैठकले आगामी मार्च १९ मा हुने उक्त ऐतिहासिक अधिबेशनका लागि कर्मा पहाडी शेर्पा, धन गुरुङ, सुमित्रा राई, हेम गुरुङ, तार्बिन पोख्रेल समेतको ५ सदस्यीय विशेष केन्द्रीय व्यवस्थापन समितिको चयन गरेको छ । त्यस्तै, विधान सम्बन्धि निर्णयमा निर्वाचनका पदहरु तथा विधि पनि केन्द्रीय समितिले तोके अनुसार हुने र सोही अनुरुप अधिवेशनकै दिन विधान पारित गरी महाधिवेसन सम्पन्न गरिने समाजले जनाएको छ ।
बैठकले डा. भरत सिम्खडाको संयोजकत्वमा हाल ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । बैठकले निर्वाचन समितिका लागि बांकी दुई पदमा ढक बहादुर गुरुङ र थम बिकलाई सिफारिस गरेको छ ।
त्यस्तै बैठकले अधिबेशनमा लाग्ने सम्पूर्ण खर्चका लागि आर्थिक समिति पनि चयन गरेको छ । उक्त बैठकले सुरोज मास्के, राजु कंडेल, सकुन गुरुङ, कृष्ण गैरे र चन्द्र गुरुङलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी दिएको हो ।
जन सम्पर्क तथा महाधिवेसन प्रचार प्रसार समितिमा बिरेन्द्र श्रेष्ठको संयोजकत्वमा रुद्र ढकाल (हलोवाला) र होमनाथ पौडेललाई जिम्मेवारी सुम्पिइएको छ ।
निर्वाचन सम्बन्धि छलफलपछि निर्वाचन समितिले १२ मार्चसम्म सदस्यता शुल्क तिरेका सदस्यहरुले निर्वाचनमा भाग लिन र भोट दिन पाउने, १३ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गरी सक्नुपर्ने, १४ मार्चमा दावी विरोध गर्न पाइने र १५ मार्चमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाएको छ ।
त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाधिवेशन सम्बन्धि थप छलफल तथा निर्णयहरु अर्को बैठकमा टुंगो लगाइने समाजका महासचिव जगन कार्की जानकारी दिए । समाजको अर्को बैठक आगामी फेब्रुअरी २६ तारिख, २०१७ बेलुकी ४ देखि ६ बजेसम्म हुने भएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित