लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आगामी १३ फेब्रुअरी सांझ रिगल स्पाइस रेष्टुरेन्ट, साउथ रइसलिपमा हुन लागेको हो । कार्यक्रममा कांग्रेस पार्टी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने समितिले जनाएको छ ।
नेता पौडेल यतिखेर नेपाली जनसम्पर्क समिति डेनमार्कको शनिबार हुने चौथो अधिवेशन उद्घाटन गर्न कोपनहेगनमा छन् । शुक्रबार लन्डन हुंदै डेनमार्क गएका पौडेल पुनः लन्डन आउने कार्यक्रम छ ।
यसैबीच, सोही दिन १३ फेब्रुअरी सांझ नेपालको संविधान २०७२ का पिता, पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम पूण्यतिथीको अवसरमा कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गर्ने कार्यक्रम रहेको समितिका सभापति लोक गुरुङले जनाएका छन् । उनले कार्यक्रममा सबैलाई निमन्त्रणा समेत गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयले गत २६, माघ २०७३ मा कार्यक्रम गर्न एक परिपत्र जारी गरेको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]