लन्डन । प्रेम दिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘जिन्दगीको प्राप्ति तिमी’ बोलको यो प्रेमिल गीत आफ्ना श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको उनी बताउँछिन् । ‘मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ’, अन्जु भन्छिन् ।
चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लन्डनको रमणिय स्थानमा गरिएको छ । यसको निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ र अत्याधुनिक प्रविधि प्रयोगका कारण लन्डनका नेपालीमाझ चर्चित छन् । यो गीतमा प्रस्तुति र प्रविधिको राम्रो तालमेल देख्न सकिने उनी बताउँछन् ।
गीतकार नृपेश उप्रेतीको एल्बम ‘आहान अर्को खुशी’ मा समाबेश यस गीतको म्युजिक भिडियोमा बिकेश र अनुले रोमान्स गरेका छन् ।
म्युजिक भिडियो
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार