लन्डन । एनआरएनए यूकेले एनआरएनए आइसीसीले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ‘लाप्राक नमुना वस्ती’ मा स्वयंसेवक खटाउने भएको छ ।
एनआरएनए यूकेको आगामी १८ फेब्रुअरीका दिन प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा बस्ने कार्यसमिति बैठकमा स्वयंसेवक सम्वन्धमा निर्णय गरिने छ । यूकेबाट कति संख्यामा को को जाने भन्ने निर्णय बैठकमा गरिने संघले जनाएको छ । एनआरएनए आइसीसीले लाप्राकमा ५७३ वटा आवास गृह तीव्र रुपमा निर्माण गरिरहेको छ ।
बिहान ११ बजेदेखि हुने कार्यसमिति बैठकलाई संघले महत्वपूर्ण भन्दै सहभागिता जनाउन कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुमा अनुरोध गरेको छ ।
बैठकले आफ्नो महत्वकांक्षी ‘नेपाल हाउस’ प्रोजेक्ट कन्सेप्ट हेरफेर गर्ने भएको छ । झण्डै अढाइ मिलियन पाउण्ड लगानी हुने अनुमान गरिएको नेपाल हाउस अब च्यारिटी डोनेसनको सट्टा इन्भेस्टमेन्ट कन्सेप्टमा जाने तयारी गरिएको हो । संघलाई अहिले च्यारिटी डिनर गरेर वा चन्दा उठाएर आवश्यक लगानी जुटाउन हम्मे हम्मे परिरहेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले बैठकमा एनआरएनए यूकेको स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा गठन गर्न लागिएको क्षेत्रीय काउन्सिल सम्वन्धमा पनि छलफल हुने बताए । साथै नयां सदस्यता र आगामी ७ औं अधिवेशनको मिति र निर्वाचन समिति गठनबारे पनि बैठकमा टुंगो लगाइने गुरुङले जानकारी दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]