
सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्न लागेका बागलुङ सर्कुवा–२ का दृष्टिविहीन अमिट केसी बेनीमा आयोजित कार्यक्रममा सहयोग अभियानको लागि अपिल गर्दै । तस्बिरः कमल खत्री, म्याग्दी, रासस
म्याग्दी, २६ माघ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ ।
अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुरयाउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् ।
आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी यति बेला विभिन्न सङ्घ संस्थामा सहयोगका लागि दौडधुपमा व्यस्त छन् । केसीको सहयोगार्थ मङ्गलबार बेनीमा जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीले सरकारले समेत आरोहणको लागि स्वीकृति दिइसकेको जानकारी गराउँदै आरोहणको लागि आवश्यक पर्ने खर्च जुटाउन सक्दो सहयोग गर्न आह्वान गर्नुभयो ।
उहाँले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरी सरकारबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिइसकेको र आर्थिक सङ्कलनको लागि आफू सहयोगदाताको प्रतिक्षामा रहेको बताउनुभयो ।
केसीका अनुसार हालसम्म नेपाल सरकारले रु पाँच लाख सहयोग गरिसकेको छ भने लायन्स क्लबले समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
केसीले सगरमाथा आरोहणको तयारीअन्तर्गत यस अघि २०७२ बैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्यान्ड पिक र २०७२ चैत ८ गते मेरापिक हिमाल आरोहण गरिसक्नुभएको छ ।
यसैबीच, केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा विभिन्न सरोकारवालालाई समावेश गरी एक समिति निर्माण गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, लायन्स क्लबको तर्फबाट चन्द्रकुमार केसी, ठाकुरप्रसाद शर्मा, ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतम, प्राध्यापक रेखा कौशल रेग्मी, पत्रकार कमल खत्री र अपाङ्ग सङ्घ म्याग्दीका सचिव सुरेन्द्र केसी रहनुभएको समन्वय समितिले केसीको सहयोगार्थ आर्थिक सङ्कलनमा सहयोग गर्ने जनाइएको छ ।
सोही अन्तरक्रिया कार्यक्रमकै अवसरमा रु ५५ हजार आर्थिक सङ्कलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता