सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १२:४१ | UK Time: 06:56

रसमुर कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने

वीनेपाली
२०७३ माघ २६ गते २०:५७
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी अप्रिल १४ का दिन नेपाली नयाँ वर्ष मनाउने भएको छ ।
कम्युनिटीको गत शनिबार बसेको बैठकले सो कार्यक्रम सफल पार्न वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा सचिव बीर बलाल सहसंयोजक र सदस्यहरुमा सहकोषाध्यक्ष अमर मल्ल, सदस्य दिपक घले, सदस्य उतम खत्री र सोम थापा रहेका छन् । यस्तै सहकोषाध्यक्ष छविमाया पुन, लक्षमण राना र सुरक्षा रानालाई साँस्कृतिक कार्यक्रमको जिम्मा दिइएको छ ।

अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको सो बैठकको सञ्चालन सचिव बीर बलालले गरेका थिए भने उपाध्यक्ष रामधन राईले स्वागत गरेका थिए ।

यस्तै आउँदो २७ फेब्रुअरी देखि अप्रिल दोस्रो हप्तासम्म हरेक साता हप्ताको दुई दिन नेपाली कल्चरल डान्स अल्डरसटको शिवकल्चर सेन्टर र फान्ब्रो कम्युनिटी हलमा सञ्चालन गरिने भएको छ । सो को जिम्मेवारी संयोजक उपाध्यक्ष श्रीमती छबिमाया पुन, सहसयोजक सांस्कृतिक सचिव लछुमन राना र सुश्री सुरक्षा रानाले पाएका छन् । त्यसैगरी, आउँदो ११ मार्चका दिन ग्रेटर रसमोर नेपाली वुमन फोरमको सक्रियतामा अन्तर्राष्ट्रिय महिला दिवस फान्ब्रो कम्युनिटी सेन्टरमा मनाइने भएको छ । यस कार्यक्रमका लागि संयोजक महासचिव रन्जिता मल्ल, सहसयोजकहरुमा सुश्री शिला लिम्बु, सुश्री निलम राई र सल्लाहकार पुष्पा गुरूड्गलाई जिम्मा दिइएको छ ।
यस्तै आउँदो वर्ष रसमुर १० के सम्पन्न गर्नका निम्ति संयोजक मे रि खिमप्रसाद गौचन, सहसंयोजक बिर बलाल र सदस्य काउन्सेल सेक्रेटरी नेम थापा, सल्लाहकार के रि टाम बहादुर ढेँगा र उपाअध्यक्ष रामधन राई रहेको समिति बनाइएको छ ।
बैठकको तेस्रो चरणमा संस्थाका ट्रष्टीहरूको बैठक पूर्व अध्यक्ष रोहित गुरूङको संयोजनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक