लन्डन । आफूखुसी चर्च गएको भन्दै आफ्नी श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायतको एक अदालतले आठ हप्ताको जेल सजाय सुनाएको छ । हीवटबर्न रोडमा बस्ने ६४ वर्षीय कहासिंह लिम्बुले आफ्नो १७ वर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काटने चक्कु देखाउंदै ज्यान लिने धम्की दिएका थिए।
गत शुक्रबार स्वीन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयमा भएको सुनुवाइमा अभियोजन पक्षका वकिल किथ बेलिङगरले कहासिंह लिम्बुका छोराले प्रहरीलाई आफ्नो बुवाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएका थिए ।
उनले आफ्नो बुवाले तरकारी काट्ने चक्कुमा धार लगाउंदै चर्च जान नछाडेमा आमालाई दुई टुक्रा पारीदिने धम्की दिएको पनि प्रहरीलाई बताए ।
त्यसपछि टेसर गन लिएर उनीहरुको घर पुगेको प्रहरीलाई उनले उल्टै गोली चलाउन चुनौती दिएका थिए । उनले प्रहरीलाई नै चक्कु देखाएपछि प्रहरीले पछि उनलाई नियन्त्रणमा लिएको थियो ।
कहरसिंहका वकिल मार्क ग्लेन्डेनिङले कहरसिंह र उनकी श्रीमतीबीच चर्च जाने विषयमा वादविवाद हुने गरेको र आफ्नी श्रीमतीलाई आघात पुरयाउने उनको कुनै मनसाय नभएको बताए । खाना पकाउन लागेकाले उनले आवेशमा आएर चक्कु उठाएको पनि उनको भनाइ थियो । वकिलले आफ्नो व्यवहारप्रति कहरसिंहले दुःख मानेको र अब आइन्दा आफू मिलेर बस्ने बताएको पनि जनाए ।
जुरीले शुरुमा कहासिंहलाई उनको व्यवहारकालागि १६ हप्ताको जेल सजाय सुनाएकोमा उनले पश्चाताप गरेपछि त्यसलाई घटाएर ८ हप्तामा झारिदिएको थियो । सो सजाय एक वर्षपछि मात्रै कार्यान्वयन गरिने पनि स्थानीय समाचारमा जनाइएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित