संखुवासभा समाज युकेले दशौँ वार्षिकोत्सव भब्य मनाउने

लण्डन । संखुवासभा समाज युकेले दशौँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।
समाजको शनिबार लण्डनमा बसेको बैठकले आगामी अगष्ट १२ मा लण्डनको फेल्थाममा भव्यरुपमा दशौँ वार्षिकोत्सव मनाउने निर्णय गरेको हो ।
समाजका अध्यक्ष गणेश रानाको अध्यक्षता र महासचिव सेमन्त राईले संचालन गरेको सो बैठकमा उपाध्यक्ष नैनसिंह गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा मुखपत्र निकाल्ने, विभिन्न जातजातिको झाँकीसहित वार्षिकोत्सव मनाउने निर्णय गरिएको हो । यस्तै, मादी नगरपालिकाको मुलखर्कमा अगलागीबाट पीडित परिवारलाई समाजका तर्फबाट उठाइएको सहयोगरकम वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राईलाई नेपालमा बुझाउन हस्तान्तरण गरियो ।
यसैगरी समाजका संस्थापक अध्यक्ष धर्मराज गुरुङकी श्रीमती तथा महिला समितिकी वरिष्ठ सदस्य राधिका गुरुङको दुखद निधन भएकोमा श्रद्धान्जलि व्यक्त गर्दै समाजको तर्फबाट सुविधा चेक हस्तान्तरण गरियो ।
संखुवासभा अन्तर्राष्ट्रिय समाज गठनको निम्ति तयारी समिति गठन गरी छिट्टै महाधिवेसन गर्ने पनि निर्णय गरिएको छ । बैठकमा समाजका वरिष्ठ उपाध्यक्ष बसुन्धरा याख्या राई आदिवासी जनजाति महिला महासंघ बेलायतको महासचिव, एरिया प्रमुख सुशीला राई कोषाध्यक्ष र महिला समिति प्रमुख हेमा राना गुरुङ सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री