बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १०:४२ | UK Time: 05:57

गोर्खा प्यालेस रेष्टुरेन्टको वार्षिकोत्सवमा तीन च्यारिटीलाई सहयोग

वीनेपाली
२०७३ माघ २४ गते १२:२४

लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आइतबार आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी डिनर गरि तीन संस्थालाई आर्थिक सहयोग गरेको छ ।

रेष्टुरेन्टले च्यारिटी डिनर गरेर स्थानीय च्यारिटेबल संस्थाहरु फिलिस टकवेल, ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) र पार्क साइडलाई ४२०० पाउण्ड प्रदान गरेको हो ।

उक्त कार्यक्रममा एकसय भन्दा बढि ब्रिटिस ग्राहक (गोर्खा प्यालेसका प्याट्रनहरु) सहित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अल्डरसट एमपी जेराल्ड होवार्थ र उनकी धर्मपत्नी, रसमोर मेयर मेयरेस ज्याकी भोस्पेर, पूर्व मेयर मार्टिन टिनेन्ट र श्रीमति, काउन्सिलरहरु, स्थानीय पत्रकार लगायतको सहभागिता थियो ।

कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक सूर्य गुरुङले सहभागी सबै अतिथी र ग्राहकलाई स्वागत गरेका थिए । उक्त अवसरमा अल्डरसट एमपी जेराल्ड होवार्थले रेष्टुरेन्ट सञ्चालक गुरुङ दम्पत्तिलाई विशेष उपहार समेत दिए ।

मन्तव्यका क्रममा नेपाली राजदूत डा. सुवेदीले रेष्टुरेन्ट सञ्चालक गुरुङ र समस्त कर्मचारीलाई १८ औं वार्षिकोत्सवका अवसरमा बधाइ दिंदै गोर्खाहरुको प्रशंसा गरे । उनले गोर्खाहरुले नेपाल ब्रिटेन सम्वन्ध मजवुत बनाएको चर्चा गर्दै गोर्खा साहसिक मात्र होइन, इमान्दार र दयालु पनि भएको बताए । उनले नेपाल 
प्रकृति र विविधतामा धनी भएको उल्लेख गर्दै खानामा पनि बेग्लै पहिचान बोकेको र गोर्खा प्यालेसले त्यसको प्रतिनिधित्व गरेर मौलिक नेपाली खाना पस्किरहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा सञ्चालक गुरुङले आफ्ना नियमित ग्राहक, शुभचिन्तक र कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै सबैको सामूहिक प्रयासले मात्र च्यारिटी कार्य सम्भव भएको बताए । उनले आफू बस्ने कर्मभूमिमा पनि केही सेवा गर्दा समायोजनमा बल पुग्ने आफ्नो मान्यता रहेको जनाउंदै नेपाल र यूकेका लागि बराबर च्यारिटी गरेको उल्लेख गरे ।

श्रमिति बबिता गुरुङले सञ्चालन गरेको कार्यक्रममा ग्राहकहरु साम र पिटरले अक्सन, राफल, बिंगो गरेर पैसा संकलन गरेका थिए ।

उक्त रेष्टुरेन्टले नेपाल र यूके च्यारिटीका लागि हालसम्म ४५ हजार पाउण्ड बढिको च्यारिटी गरिसकेको छ । रेष्टुरेन्टले सन् २०१६ का लागि न्यूज एण्ड मेलको ‘वेष्ट रेष्टुरेन्ट अफ द इयर’ उपाधि जितेको थियो ।

तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक