लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले आगामी २५ फेब्रुअरीमा पेशागत अभिवृद्धिसम्वन्धि वृहत सम्मेलन गर्ने भएको छ ।
गत २१ जनवरीमा बेम्ली तन्दुरीमा सम्पन्न बैठकले निर्णय गरे बमोजिम सम्मेलनको तयारी भइरहेको एसोसिएसनले जनाएको छ । लन्डन साउथहयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा बिहान ११ देखि ५ बजेसम्म सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नर्सहरुको रिभ्यालिडेसन प्रोसेस, ओभरसिज नर्सहरुलाई यूके आउन अध्यागमन नियम र यहीं बसेका नर्सहरुलाई नर्सिङमा काम गर्न आवश्यक सरसल्लाह, यूकेमा कार्यरत क्वालिफाइड नर्सहरुका लागि करिअर पाथ वे बारे जानकारी, फार्मेसी सम्वन्धि जानकारी, मेन्टल हेल्थमा साइकोलोजी सपोर्ट, डेन्टल नर्सिङ सम्वन्धि जानकारी दिइने एसोसिएसनकी महासचिव रस्मिता दर्लामीले जनाइन् । सम्मेलनमा रोयल कलेज अफ नर्सिङ र अन्य वीज्ञहरुबाट जानकारी दिने कार्यक्रम छ । नेपलिज डक्टर्स एसोसिएसन यूके आवद्ध चिकित्सहरुले पनि स्वास्थ्य सम्वन्धि जानकारी दिने जनाइएको छ ।
एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले इच्छुक सबै क्वालिफाइड, पिन नम्बर कुरिरहेका, नेपालबाट भर्खर यूके आएका नयां नर्सहरु, डेन्टल नर्स, स्टुडेन्ट नर्सहरु र गैर नर्सलाई समेत सहभागिताका लागि अनुरोध गरेकी छन् । एसोसिएसनले आगामी ३० मार्चमा नेपलिज डक्टर्स एसोसिएसन यूकेको सहकार्यमा केन्टमा हेल्थ अवेरनेस कार्यक्रम र अगष्टमा बर्थिङ सेन्टर निर्माण सहयोगार्थ च्यारिटी डिनर गर्न लागेको समेत कंडेलले जनाइन् ।
बैठकले कोषाध्यक्ष गंगा साम्पाङलाई नेपालमा हुन लागेको इन्टरनेशनल कन्फरेन्समा एसोसिएसनका तर्फबाट सहभागिताका लागि प्रतिनिधि समेत तोकेको छ ।
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन