
लन्डन । लन्डनवासी तामाङ जातीले आफ्नो महान पर्व ‘सोनाम ल्होछार’ हर्षोल्लासका साथ मनाएका छन् । तामाङ समाज यूकेले आइतबार वेम्लीमा आयोजना गरेको २८५३ औं ल्होसारमा
सयौं सहभागी भए ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै ल्होसार तामाङहरुको मात्र नभएर यो राष्ट्रिय पर्व भएकाले समस्त नेपाली एकवद्ध भएर मनाउन आग्रह गरे । उनले दोश्रो- तेश्रो पुस्तालाई आफ्नो परम्परा, कला संस्कृति, सम्पदाको संरक्षण र संवर्धन गर्ने कुरा सिकाउन पनि अभिभावकलाई सुझाए ।
तामाङ समाज यूके अध्यक्ष दीपक गोलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तामाङ घेदुंङ नेपाल अन्तर्राष्ट्रिय विभागका प्रमुख टासी लामा, होल्मो सोसाइटी यूकेका कर्म लामा, तामाङ घेदुंङ रेडिङका प्रेम लामा, तामाङ सोसाइटी फार्नबोरोकी अन्जु लामा, तमु समाज बेलायतका अध्यक्ष अर्जुनकुमार गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ, काउन्सिलर विष्णु गुरुङ, ला मेन्डो सहसचिव विशाल तामाङ लगायतले लोसारको शुभकामना दिए । कार्यक्रममा समाजका सल्लाहकार जित पाख्रिनले स्वागत मन्तव्य दिएका थिए ।
अनु स्याङबोले संयोजन गरेको उक्त कार्यक्रममा धर्म गुरुहरुले पूजासहित आर्शीवचन प्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालबाट आएका राष्ट्रिय कलाकारहरु निर्मला घिसिङ र सानु वाइवासहित स्थानीय कलाकारहरु अनिल गुरुङ, कुमार स्याङतान र बिरु गोम्जाले गायन प्रस्तुत गरे भने चन्द्र पुन, रिता पुन, उमेश पुन, मनु पुन र सुशिला पुनले विभिन्न गीतमा मौलिक नृत्य गरेका थिए ।
उक्त अवसरमा चांद लामाले डिजे तथा साउण्ड सिस्टम उपलव्ध गराएका थिए भने खाना रारा क्याटर्सले व्यवस्था गरेको थियो । कार्यक्रमको टिकट र डिजिटिल प्रायोजन अनलाइन गिफ्ट टु नेपालले गरेको थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार