लन्डन । बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । उनी ५ दिने भ्रमणका लागि सोमबार (फेब्रुअरी ६) मा नेपाल उड्ने तयारी थियो ।
बेलायती संसदमा जारी इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) को वहसमा व्यस्त हुनुपरेको जनाउंदै ल्यानक्यास्टरले तत्काललाई भ्रमण स्थगित गर्नुपरेको लन्डनस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् । ‘दुई दिन अघिमात्र रक्षा मन्त्रालयबाट मन्त्री व्यस्त भएकाले नेपाल जान नसक्ने खबर आयो’, दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरणले भने, ‘तर, पछि अनुकुल समयमा जाने आश्वासन छ ।’
मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएपनि ब्रिगेडिएर जनरल निक पोप, ब्रिगेड अफ गोर्खाज कर्णेल जेम्स रविन्सन लगायतको टोली भने नेपाल जांदैछ । नेपाल भ्रमणका क्रममा टोलीले राष्ट्रपतिसमक्ष गोर्खा ब्रिगेडको प्रतिवेदन बुझाउने, ब्रिटिश क्याम्प भ्रमण, भूपू गोर्खा परिवारको अवस्था बुझ्ने आदि कार्यक्रम छ ।
उता, मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएकामा भूपू गोर्खाहरु सशंकित भएका छन् । रक्षा मन्त्रालयभित्र भेट्रान र रक्षा कर्मचारीहरुप्रति जिम्मेवार उनको भ्रमण स्थगितले वार्ताको आशामा बसिरहेका भूपू गोर्खाहरु सशंकित भएका हुन् । लन्डनस्थित नेपाली दूतावासको समन्वयमा भूपू गोर्खा समस्या समाधानका लागि वार्ता गर्ने तयारी थियो । ‘मन्त्री गएर नेपालमा भूपू गोर्खाहरुको अवस्था बुझ्ने र उच्च स्तरिय राजनीतिक भेट हुने आशा हामीलाई थियो तर स्थगित भएछ’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले भने, ‘आशा छ उहांको भ्रमण फेरि छिट्टै तय हुन्छ ।’
भूपू गोर्खाहरुले लामो समयदेखि समान पेन्सन लगायत माग राखेर आन्दोलन गर्दै आएका छन् । सत्याग्रह समितिले भूपू गोर्खाका ६ वटा संस्थाका अध्यक्ष र बेलायती सांसद एवं रक्षा मन्त्रालय (एमओडी) पदाधिकारीसंग छिट्टै छलफल हुने जनाएका छन् । इकान्तिपुर
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित