लन्डन । नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल
मिलिट्री हेलिकप्टर कन्फरेन्स’ मा आफ्नो हवाइ क्षमताबारे विश्वलाई जानकारी दिएको छ ।
लन्डनस्थित रक्षा सम्बन्धी काम गर्ने एक संस्था ‘आइक्यूपीसी’ ले ३१ जनवरी देखि गरेको तीन दिने सम्मेलनमा नेपाली सेनाले
आफ्नो हवाइ क्षमता, प्राकृतिक प्रकोप व्यवस्थापनमा हवाइ रणनीति, क्षमता अभिवृद्धिबारे भावी योजना, महाबिनाशकारी भूकम्पका बेला सैनिक हवाई महानिर्देशनालयले खेलेको भूमिकाआदिबारे जानकारी दिएको हो । नेपाली सेनाका बलाधिकृत रथी बलदेव राज महत, सहायक रथी धनेन्द्र बहादुर शाह (पाइलट) र कर्णेल सन्जिव घिमिरेले गत १ फेब्रुअरी बिहान विभिन्न प्रस्तुति दिएका हुन् ।
सम्मेलनमा सहभागी नारायण अधिकारीका अनुसार, रोचक पक्ष के थियो भने यस सत्रमा कार्यक्रमको सभापतित्व गरिरहेका पल एडवार्डले नेपाली सेनाको विशेष प्रस्तुति हुने भन्दै अन्य सहभागी देशलाई भन्दा पहिले नै १० मिनेट बढि समय दिइएको जानकारी गराएका थिए । उपस्थित अन्य देशका सहभागीले आयोजक संस्थासमक्ष नेपाललाई अर्को १० मिनेट समय थप्न आग्रह गरे । पल एडवार्डले नेपाललाई पुनः अर्को १० मिनेट समय दिंदै नेपाली डेलिगेट्स सबैलाई स्टेजमा एकै पटक आउन अनुरोध गरे । नेपाली प्रतिनिधिमण्डल स्टेज पुगेपछि सहभागीले भूकम्प पछिको उद्दार र पुनर्निमार्णबारे जिज्ञासा राखेका थिए । बेलायती सेनाका एक कर्णेलले नेपाली सेनाको खुलेरै प्रशंसा गरे । न्यूजिल्यान्ड, पाकिस्तान, क्यानडा लगायत देशका सहभागीले नेपाली सेनाबाट प्राकृतिक प्रकोप उद्दार सम्बन्धि अनुभव सिक्न आफ्नो देश उत्सुक रहेको भन्दै नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
२८ देशका १६० बढि प्रतिनिधि सहभागी उक्त १६ औं कन्फेरेन्सको मुख्य उद्देश्य सैनिक प्रयोजनका हेलिकप्टरहरुको आधुनिकीकरणमा विशेष जोड दिंदै प्राविधिक र सैद्धान्तिक ज्ञान बांड्नु थियो । उक्त अवसरमा सैनिक प्रयोजनका हेलिकप्टर उत्पादन गर्ने विश्वका थुप्रै कम्पनीका प्राविधिकहरुले समेत सैनिक हेलिकप्टरको प्राविधिक र सैद्धान्तिक पक्षबारे प्रस्तुति दिए ।
सम्मेलनमा नेपाली सेना र आयोजक संस्थाबीचको समन्वय लन्डनस्थित सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीले गरेका थिए ।
कार्यक्रममा न्यूजिल्याण्ड हाइ कमिसन, लन्डनमा कार्यरत कर्णेल लिजाले शान्ति सम्झौतामा नेपालले खेलेको भूमिकाबारे प्रशंसा गरेकी थिइन् । लिजा केही साता अघि लन्डनस्थित नेपाली दूतावासमा भएको ‘शान्ति सम्झौतापछि नेपाली सेनामा माओवादी छापामारको समायोजन’ शीर्षकको एक कार्यक्रममा समेत सहभागी थिइन् ।
पछिल्ला वर्ष विश्वका शक्तिशाली देशहरुको भारी बजेट रक्षामा खर्च हुंदै आएको छ । अमेरिका, चीन, बेलायत, रुस, फ्रान्स र भारतको रक्षा बजेट हरेक वर्ष आकासिंदो छ । सन् २०१५ मा अमेरिकाले झण्डै ६ सय बिलियनको हाराहारीमा रक्षा बजेट घोषणा गरेको थियो । यता नेपालको उत्तरी छिमेकी देश चीन सैन्य संख्या मा भारी कटौती गर्दै सेनाको संख्या भन्दा आधुनिकीकरणमा जोड दिइरहेको छ । बढ्दो भूराजनीतिक असरले गर्दा स साना देशहरु पनि सैन्य शक्तिको आधुनिकीकरणतिर जोड दिन थालेका छन् । सैन्य संख्यामा भन्दा पनि आधुनिक हातहतियार, मानवबिहीन ड्रोन, आधुनिक लडाकु हेलिकप्टर र सैन्य युद्ध सामाग्रीहरुको किनबेच अहिले बढ्दो छ ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग