एनआरएनए यूकेले अारजुसित छलफल गर्ने

लन्डन । एनआरएनए यूकेले बेलायत भ्रमणमा रहेकी कांग्रेस नेतृ डा. आरजु देउवासित छलफल गर्ने भएको छ ।
६ फेब्रुअरी सांझ लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा कार्यक्रम हुन लागेको हो । उक्त छलफलमा उपस्थित भइदिन एनआरएनए यूकेले आफ्ना संरक्षक, अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरु, युरोप संयोजक, सल्लाहकार र कार्यसमितिका सदस्यहरुलाई अनुरोध गरेको छ ।
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा नेपाली कांग्रेसकी सभासद रहनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल्याणकारी संघ संस्थामा आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री