लन्डन । मिफुरुङ्ग फिल्म प्रोडक्शन प्रालिको ब्यानरमा भिम रानाको परिकल्पना, राजेन्द्र आले (तुल) को लगानी र विश्वास मगर (विकास) को निर्देशनमा निर्माण भएको मगर कथावस्तुमा आधारित चलचित्र ‘खुर्पेटो’ बेलायतको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा प्रदर्शन भयो ।
चलचित्र मिफुरुङ वेम्ब्लीको आयोजनामा प्रदर्शन गरिएको हो । क्लवका उपाध्यक्ष सन्दीप रानामगरको उद्घोषणमा सञ्चालन भएको उक्त शोमा चलचित्र प्रदर्शन हुनु अगाडि वेम्ब्ली मगर संघका सचिव गञ्ज आलेमगरले मगर विषयवस्तुको चलचित्रका लागि समुदायको सहयोग खांचो रहेको बताए ।
उक्त अवसरमा मगर चलचित्रकर्मी संघद्धारा निर्माण भएको छोटो चलचित्र ‘गुठ’ प्रदर्शन गरिएको थियो । सो चलचित्रमा लोपोन्मुख परम्परागत प्रथाजनित कानुन हेर्न पाएकोमा दर्शकहरुले रमाइलो मानेका थिए । परम्परागत अभ्यासको बारेमा आफूले धेरै सुनेपनि देख्न नपाइरहेका बेला चलचित्रमा भएका ति दृश्य निकै रमाइलो र ज्ञानवर्धक भएको दर्शक पूर्णिमा थापामगरले बताइन् ।
कार्यक्रममा मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीमगरले वि.स. २०५१ सालदेखि मगर भाषा संस्कृतिमा चलचित्र निर्माण हुन शुरु भएपनि निर्माण, वितरण र प्रदर्शनको उचित विकास नभइसकेकाले त्यसका लागि समुदायको पनि ध्यान जानुपर्ने आवश्यकता औंल्याए । उनले कला सृजना र सम्वर्धन गर्न उपयुक्त वातावरण सिर्जना गर्दै जानुपर्ने धारणा राख्दै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने प्रयासस्वरुप हाल आफू बेलायत आएर बेलायत मगर संघ र अरु नेपाली कलाधर्मीहरुसंग भेटघाट, छलफल र योजना तर्जुमा गरिरहेको बताए ।
चलचित्र प्रदर्शनपश्चात् चलचित्र र कलापक्ष निर्माण र वितरणबारे पनि आफ्नो विचार व्यक्त गर्दै मगर इन्भेष्टमेन्ट फोरमका अध्यक्ष रत्न राना मगरले आयोजकलाई धन्यवाद दिए ।
त्यसैगरी लुम्विनी बिहारका अध्यक्ष कृष्ण दर्लामीले चलचित्रकर्मीहरुले चलचित्र बनाउँदा दर्शक पक्षले पनि उत्तिकै सहयोग र चासो राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पारेका थिए ।
वेम्ब्ली मगर संघका सांस्कृतिक संयोजक तथा चलचित्र ‘पातें’ लगायतकी कलाकार सरु रानाले चलचित्रकलालाई डायस्पोरामा बसेका नेपालीहरुले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताइन् । मन्तव्यका क्रममा मिफुरुङ्ग युथ क्लवकी अध्यक्ष यमुना आलेमगरले बेलायतमा भएको समुदायको कार्यक्रममा आफूहरुले सहयोग गर्दै आएको र यो साल चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरेको बताइन् ।
चलचित्र सकिएपछि पनि दर्शकहरु समीक्षा सुन्न, सुनाउन धैर्यसाथ बसिरहेका थिए ।
चलचित्रलगायत अन्य कलापक्षको उचित विकास नभई समाजको पूर्ण विकास नहुने वक्ता र दर्शकहरुको भाव थियो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’