लन्डन । हाल बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासंग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’ मा सोमबार आफैंले सार्वजनिक गरेका छन् ।
बेलायतको ‘एयोट सन्ट लरेन्स’ मा अवस्थित निवासमा करिब पैंतालिस वर्ष बिताएका शाको त्यहीं निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिकस्थल तथा स्मारकहरुको सञ्चालन र सम्बद्र्धन गर्ने बेलायतको ‘नेसनल ट्रस्ट’ले संग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आभएका बजगाईंका यसअघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशन भइसकेका छन् । ११ वर्षदेखि उनले साहित्यिक अनलाइन ‘समकालीन साहित्य डट कम’ को सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशील प्रकाशन, काठमाडौंले प्रकाशन गरेको उक्त लघुकथासंग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घट्ना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, विसंगति आदि विषयवस्तु रहेको बजगाईंले राससलाई जानकारी दिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित