लन्डन । हाल बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासंग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’ मा सोमबार आफैंले सार्वजनिक गरेका छन् ।
बेलायतको ‘एयोट सन्ट लरेन्स’ मा अवस्थित निवासमा करिब पैंतालिस वर्ष बिताएका शाको त्यहीं निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिकस्थल तथा स्मारकहरुको सञ्चालन र सम्बद्र्धन गर्ने बेलायतको ‘नेसनल ट्रस्ट’ले संग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आभएका बजगाईंका यसअघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशन भइसकेका छन् । ११ वर्षदेखि उनले साहित्यिक अनलाइन ‘समकालीन साहित्य डट कम’ को सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशील प्रकाशन, काठमाडौंले प्रकाशन गरेको उक्त लघुकथासंग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घट्ना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, विसंगति आदि विषयवस्तु रहेको बजगाईंले राससलाई जानकारी दिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने