लण्डन । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा होमिएकी तारा राईको बहुचर्चित कृति छापामार युवतीको डायरी अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशन गरिएको छ ।
गुरिल्ला गर्ल नाम दिइएको सो पुस्तक बेलायतको कनराड प्रेसले प्रकाशन गरेको हो । सो पुस्तकलाई जयन्त शर्माले अनुवाद गरेका हुन् । नरेश काङमाङ राई, अब्जसे कान्छा र बेलायती लेखक जेम्स एजिङगरले सम्पादन गरेका छन् ।
जनयुद्ध लड्ने क्रममा देखेको दृष्टान्त र सेनाको कब्जामा पर्दाको अनुभवलाई उनले पुस्तकमा उतारेकी छिन् ।
सो कृति पढेर बेलायती अभिनेत्री जोअना लुम्लेले मन्तब्य लेखेकी छिन् जसलाई दोस्रो सङस्करणमा राखिने अब्जसे कान्छाले बताए ।
कृति प्रकाशित भएको खबर लेखक तारा राईलाई सुनाउँदा अति खुसी हुँदै ‘सपनाहरु धेरै छन् अहिले अति नै खुशी भएको छु, सबै सहयोगी मनहरुलाई धन्यवाद’ भनेको नरेश काङमाङ राईले बताए ।
नेपाली साहित्यलाई विश्व सहित्यमा उपस्थित गराउनको लागि आफूहरु लागि परेको काङमाङले बताए ।
गत वर्ष मात्र काङमाङको “फियरलेस वरिवर” बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट प्रकाशित भइसकेको छ । उक्त पुस्तक जेम्स टाइट ब्लाक बुक प्राइजको लागि पनि नोमिनसनमा परेको थियो ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग