
लन्डन । नेकपा एमाले पर्यटन प्रवर्धन विभागका सचिव, टानका अध्यक्ष तथा नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल र नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका कोषाध्यक्ष पूर्ण कुंवरको सम्मानमा एक कार्यक्रम गरिएको छ ।
प्रवासी नेपाली मञ्च बेलायतले सारस रेष्टुरेण्ट, नर्थ हयारोमा कार्यक्रम गरेको हो । कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक अध्यक्ष आङगकल्जंग लामाले अतिथीहरुलाई खादा तथा मायांको चिनो प्रदान गरे । सो अवसरमा अध्यक्ष सिम्खडाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा अतिथी रिजालले वर्तमान अवस्थामा आफू संलग्न विभागले गरेका कृयाकलाप, टान गतिविधि र बेलायतमा पर्यटन प्रवर्धनमा मिलेर गर्न सकिने सम्भाव्य कामहरुको बारेमा साझा धारणा बनाई नेपालमा स्तरिय पर्यटक भित्रयाउन अपिल गरे ।
उक्त संक्षिप्त स्वागत तथा अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार आंगकल्जंग लामाले समेत मन्तव्य राखेका थिए । कार्यक्रममा मञ्चका उपाध्यक्ष रबिन्द्र कंडेल, सल्लाहकार राजेन्द्र पुडासैनी, सचिवालय सदस्य सरस्वती केसी, मञ्चका सदस्य महेन्द्र केसी, अनिता केसी, बल बहादुर रायमाझी, मिलन केसी, पूजा लिम्बु, गंगा क्षेत्री, मनोज केसीको उपस्थिति थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह