लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतले नेपाल सरकारका शिक्षामन्त्री डिआर पौडेलको उपस्थितिमा लन्डनमा एक कार्यक्रम गरेको छ । नेपालको शिक्षा प्रणाली विषयमा कार्यक्रम भएको हो ।
नेपाली जनप्रगतिशिल मञ्च, बेलायतका कार्यवाहक संयोजक मान बहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य महेन्द्र कंडेलले स्वागत गरेका थिए ।
संयोजक गुरुङले प्रमुख अतिथि शिक्षामन्त्रीलाई पुष्पगुच्छा दिएर सुरु भएको कार्यक्रममा मन्त्री पौडेलले नेपालको शिक्षा नीति परम्परागत रहंदै आएकोमा व्यापक फेरबदल गरिएकाले आगामी दिनमा यसको परिणाम देखिने आशा व्यक्त गरे । नेपालमा सरकार परिवर्तनसंगै शिक्षा नीतिमा पनि परिवर्तन हुने परिपार्टीको अन्त्य हुन जरुरी भएकोले सोही खालको शिक्षा नियमावली बनाउनेतर्फ वर्तमान सरकार लागिपरेको उनले जानकारी दिए ।
बेलायतमा विभिन्न देशका शिक्षामन्त्रीहरुबीच नयां प्रविधिले शिक्षामा पारेको प्रभाव विषयक छलफलमा सहभागी हुन आउंदा नेपालमा पनि टेक्नोलोजीको प्रभाव कसरी सकारात्मकरुपमा प्रयोग गर्दै टेक्नोलोजीले बालबच्चामा पार्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्नुपर्नेमा छलफल केन्द्रित रहेको उनले बताए । साथै विदेशमा बस्ने नेपालीहरुले नेपाली भाषाप्रति आगामी पुस्तालाई संरक्षण गर्न विदेसमा नै नेपाली बर्णमाला सिकाउंदा सकारात्मक सन्देश दिएको धारणा उनले राखे ।
शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले नेपालको शिक्षा नीतिमा गरिएको फेरबदलले आगामी दिनमा गुणस्तरीय र ब्यवहारमुखी शिक्षातर्फ उन्मुख हुने बताए । उनले विदेशमा बस्ने नेपालीहरुले नकारात्मक भन्दा सकारात्मक विषयलाई प्राथमिकता दिएर नेपाली समाजलाई सम्मानजनक बाटोतर्फ उन्मुख गराउनेतर्फ सचेत रहन जोड दिए ।
कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च, यूरोपका संयोजक सुरेन्द्र भुषालले नेपालको शिक्षा नीतिले नेपाली समाजलाई सामन्तवादी सोचमा रहिरहन सहयोग पुरयाएकोले यस्तो शिक्षा नीति भत्काउनु पर्ने सुझाए ।
कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच, बेलायतका सल्लाहाकार कर्ण शाहीले अन्तरकृया कार्यक्रमको औचित्य र आवश्यकताबारे प्रकास पारेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा नेपाली जनप्रगतिशिल मञ्च युरोपको २१ जनवरीको बैठकको निर्णयअनुसार स्पेनमा दूतावास आवश्यक रहेको र नेपाल सरकारले दूतावास खोल्न पहल गरोस् भनेर गरेको निर्णय लागू गर्न नेपाल सरकारका प्रधानमन्त्री, परराष्ट्र मन्त्री र नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुखलाई पुरयाउने गरी तयार गरिएको ज्ञापनपत्र मन्त्री डिआर पौडेललाई नेपाली जनप्रगतिशिल मञ्च, युरोपका सदस्य सुरेन्द्र श्रेष्ठले हस्तान्तरण गरे ।
ज्ञापन पत्र लिंदै मन्त्री पौडेलले स्पेनमा दूतावास खोल्ने विषयमा केही दिन अगाडि मात्र क्याबिनेटमा छलफल भएको र विषय सकारात्मक भएको जानकारी गराएका थिए । स्पेनमा दूतावास खोल्दा नेपाल सरकारलाई आर्थिक भार नपर्ने भन्ने सुझावहरु आउनुले पनि स्पेनमा दूतावास निर्माण हुनेमा सकारात्मक रहेको उनले बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र ब्यक्तित्वहरुले नेपालको शिक्षा र अहिलेको राजनीतिको विषयमा जिज्ञासा राखेका थिए ।
सभापतिको आसनबाट बोल्दै गुरुङले आफू भूपू गोर्खा सैनिक भएकोले बेलायतमा भूपू गोर्खा सैनिकहरुको समस्यामा सरकारले ध्यान दिँदै भूपूले उठाएका विषयमा ध्यानाकर्षण गराए ।
उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्च, युरोपका सदस्य दधिराज घिमिरेले सञ्चालन गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल