बेलायत कांग्रेस नेताले भेटे आरजु


लन्डन । साता लामो यूके भ्रमणमा बुधबार लन्डन आइपुगेकी कांग्रेस नेतृ एवं सभाषद डा. आरजु देउवालाई बेलायतस्थित कांग्रेस नेताहरुले भेटघाट गरेका छन् । बिहीबार बिहान लन्डनस्थित नेपाली दूतावासमा भेटघाट कार्यक्रम भएको हो ।

भेटमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, कांग्रेस नेता एवं एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, शिवजी श्रेष्ठ, तर्कजंग गुरुङ, हितकाजी गुरुङ लगायत सहभागी थिए ।

भेटमा नेपालको समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको 
छ ।

देउवा बेलायत सरकार र विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने अपेक्षा छ । उनले बेलायतको प्रतिपक्षी दल, दातृ निकाय, विभिन्न राजनीतिज्ञ र एमनेष्टी इन्टरनेशनल पदाधिकारीसंग समेत भेट्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाली जनसम्पर्क समिति बेलायतले श्रीमति देउवासंग एक अन्तरक्रिया समेत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री