काठमाडौँ, ११ माघ । नेपाल हस्तकला महासङ्घले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणलाई लक्षित गरी काष्ठकलाको सैद्धान्तिक र व्यावहारिक कक्षा आजदेखि सुरु गरेको छ ।
महासङ्घअन्तर्गत कला तथा शिल्प परिषद् र काठमाडौँ महानगरपालिकाको सहयोगमा सुरु गरिएको काष्ठकलासम्बन्धी प्रशिक्षणमा १५ जना प्रशिक्षार्थी सहभागी छन् । सो कार्यक्रमको अवधि डेढ महिनासम्म सञ्चालन हुनेछ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँ उपत्यका विभिन्न कला तथा सम्पदाले यहाँको आकर्षण थपिएको भए पनि गत वर्षको भूकम्पले त्यसलाई ठूलो क्षति पुरयाएको बताउँदै कलाकारले प्राचीन कला, शैलीको महत्वलाई प्रशिक्षणमा सिकेर कलाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला र संस्कृतिको मौलिक विशेषताले अन्तर्राष्ट्रिय तहमा देशको गौरव बढाएको बताउँदै प्रशिक्षणबाट भूकम्पबाट क्षतिग्रस्त मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणको लागि आवश्यक जनशक्ति तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षणका प्रशिक्षक महेश शाक्यले परम्परागत तरिकाबाट निर्माण गरिएका सम्पदा निकै अमूल्य रहेको बताउँदै त्यसको संरक्षण र प्रवद्र्धनका लागि सो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यसले कला संस्कृतिलाई जोगाउने विचार व्यक्त गर्नुभयो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची