लन्डन । बेलायतको सर्वोच्च अदालतले इयू बहिर्गमन (ब्रेक्जिट) वार्ता बेलायती संसदद्वारा अनुमोदन हुनुपर्ने फैसला मंगलबार सुनाएको छ । बेलायती सरकारले मन्त्रिपरिषदसंग वार्ता गर्न अधिकार रहेको जिकिर गर्दै आएको थियो ।
संसदीय प्रजातन्त्रमा संसदको भूमिका ओझेल पारी ब्रेक्जिट जस्तो महत्वपूर्ण कार्य अगाडि बढाइनु संसदको सर्वोच्चता स्वीकार नगर्नु हो भन्दै बेलायतकी एक महिला व्यवसायी जिना मिलरले हाइकोर्टमा बेलायती सरकार विरुद्ध मुद्दा हालेकी थिइन् ।
संसदको निर्देशनमा नै इयू जनमत संग्रह भएको र संसदबाट नै इयू बहिर्गमन हुनुपर्ने भन्ने उनको तर्कमा सरकारले आफूसंग कार्यकारी अधिकार रहेको बताउदै आएको थियो । उक्त वहसमा हाइ कोर्टले बेलायती संसदको स्वीकृतिमा नै ब्रेक्जिट सम्झौता गरिनुपर्ने भनेर सरकार विरुद्ध फैसला सुनाएको थियो । उक्त फैसला विरुद्ध बेलायती सरकारले सर्वोच्च अदालतमा अपिल गरेको थियो । उक्त अपिल गत डिसेम्बरमा ११ जना न्यायाधीशहरुको इजलासमा चार दिनसम्म वहस चलेको थियो ।
अब बेलायती सरकारले ब्रेक्जिट सम्झौता शुरु गर्नुअघि संसद समक्ष इयू बहिर्गमनको दफा ५० शुरु गर्न भनि विधेयक प्रस्तुत गर्नुपर्दछ । संसदीय वहसमा सरकारले चाहे जस्तो सबै शर्तमा इयू छोड्न नमिल्ने, दुई वर्षको तालिकामा सम्भव नहुने, स्कटल्याण्ड, उत्तरी आयरल्याण्डका वहुमत जनसंख्याले युरोपियन युनियनमा रहिरहनुपर्ने भन्नेमा मत जाहेर गरेका आदि थुप्रै कुराले ब्रेक्जिट सम्झौता गर्न सरल र सहज नहुने देखिन्छ ।
गत हप्ता बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो सरकारको १२ बुंदे ब्रेक्जिट शर्त अगाडि सार्दै इयूको कमन मार्केट तथा भन्सार युनियनबाट बाहिरिने योजना अगाडि सारेकी थिइन् । तर, प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिन लगायत इयू समर्थकहरुले कमन मार्केट तथा भन्सार युनियनबाट अलग्गिए बेलायती अर्थतन्त्रले मूल्य चुकाउनुपर्ने बताउंदै आएका छन् ।
गत जुनमा भएको इयू जनमत संग्रहमा झिनो वहुमतसहित बहिर्गमन पक्षले जितेको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको वहुमत संसदमा भएपनि धेरै सांसद ब्रेक्जिट विषयमा विभाजित रहंदै आएका छन् । अब कुन रुपले इयू बहिर्गमनको सम्झौता बेलायती सरकारले शुरु गर्ने हो, त्यो चासोको विषय हुनेछ ।
उक्त फैसलाले बेलायती सरकार निरासाजनक भएको देख्न सकिन्छ भने तथा मुद्धा जित्नेहरुले चाहिं प्रजातन्त्रको विजय भएको टिप्पणी गरेका छन् । इयू विरोधीहरुले फैसलाले बेलायत बहिर्गमनलाई ढिलो तथा बोझपूर्ण बनाएको भन्दै असुन्तुष्टि जनाएका छन् ।
बेलायत कडा रुपले इयूबाट बाहिरिने घोषणापछि गत अक्टोबरदेखि नै सन्त्रास छाएको अर्थ बजारमा यस फैसलालाई सकारात्मक रुपमा लिइएको छ । लन्डन स्टक मार्केटको सूचांक यस फैसला लगत्तै बढेको छ । इकान्तिपुर
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ