फेरियो रेष्टुरेन्टको नाम, फेरिएनन् सेफ

के बी वैद्य

लन्डन । वेम्ली ट्रायङगलमा सन् २००३ देखि सञ्चालित छ नेपाली रेष्टुरेन्ट गोर्खा भ्याली । केही महिनाअघिमात्र व्यवसायीहरु वी पी खनाल र विक्रम जोशीले गोर्खा भ्याली किनेर अहिले नाम फेरेका छन् बिनोभा जिभी । नाम फेरिएपनि रेष्टुरेन्टमा उही अनुभवी सेफ छन् के बी वैद्य (कृष्ण भगत) ।

पायक पर्ने लोकेशन र नेपाली खानाको गुणस्तरका कारण उक्त रेष्टुरेन्टले ग्राहकको मन जितिरहंदा सेफ केबी माथि चुनौती थपिएको छ अझ स्वादिष्ट खाना पस्कने । ‘मेरो आफ्नै किसिमको रेसिपी छ, टिपिकल नेपाली स्वाद बनाउंछु म’, सन् १९८३ मा यूके छिरेपछि यसैमा संलग्न वैद्यले भने, ‘नेपाली ग्राहकको चाहनालाई मध्यनजर गर्दै अब झोले मःम, थुक्पा र चाउमिन थप्दैछौं हामी ।’ यसअघि नै उक्त रेष्टुरेन्टमा मःम, भुटन, छोयला, सेकुवा जस्ता नेपाली र इन्डियन परिकारका सयौं मेनु छन् । ‘धेरै नेपाली 
ग्राहक रेष्टुरेन्टको नाम र लेआउटले झुक्किएको पाएं तर होइन । पहिला भन्दा झन् स्वादिष्ट खाना चखाउन म यहीं छु’, उनले प्रष्टयाए ।

ब्रेन्ट काउन्सिलका कर्मचारीको समेत रोजाइमा छ बिनोभा जिभी । काउन्सिलले एक पुस्तक तयार पार्दा वैद्यसंग ६ महिनासम्म खानाको रेसिपी, फुड एण्ड हाइजिनबारे जानकारी लिएको थियो । ब्रेन्ट काउन्सिलले उक्त रेष्टुरेन्टलाई फुड एण्ड हाइजिनमा फाइभ रेटिङ दिएको छ । नेपलिज विजनेश एसोसिएसनले केबी वैद्यलाई ‘वेष्ट सेफ अवार्ड’ दिएपछि त्यो सम्मानले आफूमा थप चुनौती आएको बताउंछन् उनी । दक्ष जनशक्ति अभाव भए यस पेशा अगाडि चल्न नसक्ने अनुभव वैद्यको छ ।

रेष्टुरेन्टमा सिटिङ क्षमता ६० जना र पार्टीका लागि एकसय जनासम्म अट्ने जनाउंदै सञ्चालक बीपी खनालले रेष्टुरेन्टले टेक वे डेलिभरी र आउट डोर क्याटरिङ सेवा समेत दिने बताए ।

यसैबीच, बिनोभाले अर्को शाखा छिट्टै ह्यारोमा खोल्ने भएको छ । सञ्चालक खनालले पिनर रोड, ह्यारोमा इन्डो चाइनिज खानासहित रेष्टुरेन्ट खुल्न लागेको जानकारी दिए । बिनोभा 
स्टयानमोरमा समेत चालु छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री