च्यारिटीमा बढी सहयोग जुटाउने उपायबारे रसमुरमा कार्यशाला

लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटीको आयोजनामा रसमुर बोरो काउन्सिलमा च्यारिटीसम्बन्धी एक कार्यशाला गरिएको छ ।
सोमबार भएको सो कार्यशालामा नेपाली समुदायका नेताहरु सहभागी थिए ।
नेपाली कम्युनिटीमा सक्रिय नेताहरुले नेपाली समुदायमा हरेक साता आफैँ आफैँ वा नेपालीहरुबीच सहयोग स‌ङ्कलन गरी समाज सेवा गर्ने गरेकोमा त्यस्ता कार्यक्रमहरुमा कसरी बेलायतको स्थानीय काउन्सिल, ठूला दाताहरु, स्वयमसेवी स‌ङ्स्थाहरु, ब्यावसायीहरुबाट सहयोग सङकलन गर्न सकिन्छ भन्ने सो कार्यशालाको उद्देश्य रहेको थियो । कार्यशालामा त्यस्ता निकायहरुमा कसरी अावेदन गर्ने, प्राप्त कोषलाई कसरी परिचालन र कार्यान्वयन गर्न सकिन्छ भने सिकाइएको थियो ।
कार्यशालामा काउन्सिलका  ग्रान्ट एण्ड एडमिनिस्ट्रेसन अफिसर एलिसन, निकल्स कम्युनिटी डेभलेपमेन्ट म्यानेजर लुइस वेबर, नेबरहुड डेभलपमेण्ट अफिसर शिला लिम्बुले प्रस्तुति दिएका थिए ।
सो दिनको कार्यक्रममा कम्युनिटीले रशमोरबासी बिभिन्न नेपाली संघ सङ्स्थाका अगुवाहरू र नयाँ युवालाई प्राथमिकता दिएको थियो । जसमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापा,बरिष्ठ उपाध्यक्ष जिव बेल्वासे, सचिव बिर बलाल, सदस्य दिपक घले,नगेन्द्र नेम्बाड्ग, उपाध्यक्ष तथा केन्द्रीय मगर महिला संघ युकेका अध्यक्ष छबिमाया पुन, सल्लाहकार तथा केन्द्रीय किरात राई यायोख्याका अध्यक्ष पदम राई,गोर्खा वेल्फर अफिसबाट सल्लाहकारहरु क्या रि महेन्द्र लिम्बु र क्या रि ग्यारी घले थिए भने मद्दत समूहबाट सल्लाहकारहरू क्या रि हरिबहादुर थापा, क्या रि बिष्नु श्रेष्ठ,क्या रि केसर थापा थिए । मगर संग युके युएचएसबी शाखाका अध्यक्ष लेख राना र पूर्व अध्यक्ष ले रि सुनील राना सहभागी थिए भने कम्युनिटी रेडियो बिजिडब्ल्युएसबाट प्रमुख मे रि सोनाम सेर्पा र श्रीमती गोमा रानाले भाग लिएका थिए। यस्तै डाईविटिज युके रशमोर साखाको अध्यक्ष के गुरूङ र सचिव डमर गुरूङ तथा नयाँ युवाका अध्यक्ष निलम राईलगायत करिब ३० जना सहभागी थिए ।
अन्तमा कम्युनिटीका अध्यक्ष ओम थापाले बिषेस धन्यबाद दिदै सहभागीहरू, प्रशिक्षक र काउन्सिललाई धन्यबाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री