टुटेपछि सपनाहरु फेरी देख्न गारहो हुन्छ
टुटेका सपनाहरु सोरेर अर्को सपना बुन्न झन् सारहो हुन्छ
पराजयपछि जिन्दगीमा जित्न सारहो हुन्छ
हारेका लडाईंहरु बिर्सेर अर्को लडाईको तयारी झन् गारहो हुन्छ
भावनाको तस्बिरहरुमा यथार्थको चित्र कोरिएको हुन्छ
सृजनाको दर्पणमा व्यथा लुकाउन, त्यसैले गारहो हुन्छ
जीवनको यात्रामा उतार चढाव त आइ नै रहन्छ
कसैको पीडा, कसैको हांसोमा लुकेको जिन्दगी त्यसैले जिउन गारहो हुन्छ
दुखको आँगनमा भेट्दा, जिन्दगी बगेको आँसु जस्तो हुन्छ
तर सुखको बरन्डामा संगै उभिंदा जिन्दगी हांसोको सदाबहार बन्छ
हारेको लडाईंमा मृत त जितको खुशीयालीमा विजय यात्रा
जिएको मैले, कसैले बांचेको त सबले भोगेको जिन्दगी कहाँ सबलाई समान हुन्छ ?
आँखाको सपनीहरुमा कल्पनाको रहर हुन्छ
सपनाको संसारमा कल्पनाको महल धेरै सुन्दर हुन्छ
तर त्यो महलमा जिन्दगी जिउन सारहै गारहो हुन्छ
जिन्दगी यथार्थ हो, त्यसैले यसको करमा मर्दा मर्दै जिउन झन् सारहो हुन्छ
टुटेपछि सपनाहरु फेरी देख्न गारहो हुन्छ
टुटेका सपनाहरु सोरेर अर्को सपना बुन्न झन् सारहो हुन्छ
कल्पनाको महलमा जिउन जिन्दगी धेरै गारहो हुन्छ
कल्पनाको महलमा जिउन जिन्दगी धेरै गारहो हुन्छ
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता