लन्डन । नेपाल पत्रकार महासंघ, बेलायतले बेलायतस्थित नेपाली पत्रकारहरुको सीप अभिवृद्धिका लागि एकदिने पत्रकारिता प्रशिक्षण दिएको छ । शनिबार फार्नबोरोस्थित भिलेज होटल क्लबमा बीबीसीका अनुसन्धान पत्रकार पल मायर्स र ब्यारिष्टर देवेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा डेढ दर्जन बढि पत्रकार सहभागी भए ।
सन् १९९५ देखि बीबीसीमा आवद्ध पलले पत्रकारहरुले अनुसन्धनात्मक रिपोर्टिङ गर्दा अपनाउनुपर्ने तरिका र सूचना लिने उपायबारे र ब्यारिस्टर देवेन्द्र श्रेष्ठले बेलायतको प्रेस ल र कानुनी पक्षबारे प्रिजेन्टेसन दिएका थिए । प्रशिक्षणमा सहभागी पत्रकारहरुले आफ्ना अनुभव साट्दै प्रशिक्षकसंग विभिन्न जिज्ञासा राखेका थिए ।
प्रशिक्षण शुरु हुनु अघि शाखा अध्यक्ष नरेश खपांगीमगरले प्रशिक्षक र सहभागी पत्रकारहरुलाई स्वागत गर्दै शाखाले नेपाली पत्रकारहरुलाई पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसर मिलाएको जनाए । उनले समापनपछि प्रशिक्षकद्वय, प्रायोजकहरु कृष्ण तिमिल्सेना र रवि लामिछाने एवं सहभागी सबैप्रति आभार व्यक्त गरे ।
प्रशिक्षण समापनपछि शाखाका सल्लाहकार नवीन पोखरेलले प्रशिक्षकद्वयलाई ढाकाको टोपीले सम्मान गरे भने अर्का सल्लाहकार हरिकुमार गुरुङले पललाई मायाको चिनो स्वरुप खुकुरी प्रदान गरेका थिए ।
तस्विरः शिव भण्डारी
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग