लन्डन । नेपाल पत्रकार महासंघ, बेलायतले बेलायतस्थित नेपाली पत्रकारहरुको सीप अभिवृद्धिका लागि एकदिने पत्रकारिता प्रशिक्षण दिएको छ । शनिबार फार्नबोरोस्थित भिलेज होटल क्लबमा बीबीसीका अनुसन्धान पत्रकार पल मायर्स र ब्यारिष्टर देवेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा डेढ दर्जन बढि पत्रकार सहभागी भए ।
सन् १९९५ देखि बीबीसीमा आवद्ध पलले पत्रकारहरुले अनुसन्धनात्मक रिपोर्टिङ गर्दा अपनाउनुपर्ने तरिका र सूचना लिने उपायबारे र ब्यारिस्टर देवेन्द्र श्रेष्ठले बेलायतको प्रेस ल र कानुनी पक्षबारे प्रिजेन्टेसन दिएका थिए । प्रशिक्षणमा सहभागी पत्रकारहरुले आफ्ना अनुभव साट्दै प्रशिक्षकसंग विभिन्न जिज्ञासा राखेका थिए ।
प्रशिक्षण शुरु हुनु अघि शाखा अध्यक्ष नरेश खपांगीमगरले प्रशिक्षक र सहभागी पत्रकारहरुलाई स्वागत गर्दै शाखाले नेपाली पत्रकारहरुलाई पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसर मिलाएको जनाए । उनले समापनपछि प्रशिक्षकद्वय, प्रायोजकहरु कृष्ण तिमिल्सेना र रवि लामिछाने एवं सहभागी सबैप्रति आभार व्यक्त गरे ।
प्रशिक्षण समापनपछि शाखाका सल्लाहकार नवीन पोखरेलले प्रशिक्षकद्वयलाई ढाकाको टोपीले सम्मान गरे भने अर्का सल्लाहकार हरिकुमार गुरुङले पललाई मायाको चिनो स्वरुप खुकुरी प्रदान गरेका थिए ।
तस्विरः शिव भण्डारी
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ