काठमाण्डौं । गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यका लागि बिहीबार सहमति पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको तर्फबाट अध्यक्ष शेष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी ७ औं एनआरएनए विश्व सम्मेलनका अवसरमा वृहत संगोष्ठी गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने लगायत कुरामा हस्ताक्षर भएको छ । सहमतिपत्रको अवधि २ वर्ष रहनेछ ।
सहमतिको निम्ति घले र सचिवालय निर्देशक राजेश राणालाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी कार्यलयमा निमन्त्रणा गरिएको थियो । सहमतिका निमित्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रवद्र्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले भूमिका निर्वाह गरेका थिए ।
यसअघि पूर्व अध्यक्ष जीवा लामिछाने यस कार्यदलसंग सम्बन्धित संयोजक थिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन