शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: ०३:४९ | UK Time: 23:04

क्षेत्री समाजको विशेष च्यारिटी यही शनिबार

वीनेपाली
२०७३ पुष २८ गते १३:२८


लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्न विशेष च्यारिटी कार्यक्रम गर्ने भएको छ । यही शनिबार १४ जनवरीका दिन एम्पायर हल अल्डरसटमा कार्यक्रम गर्न लागिएको हो । आपतकालिन राहत कोष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले च्यारिटीको तयारी पुरा भइसकेको जानकारी दिइन् ।

च्यारिटी डिनर सांझमा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमति पुनम सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, एनआरएनए बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत समाजसेवी तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने छ । समाजले त्यसै दिन राजदूत दम्पत्तिलाई सफल कार्यकालको शुभकामना दिंदै स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत छ ।

क्षेत्री समाज यूकेले च्यारिटीबाट संकलित रकम समाजमा आपतविपतका बेला खर्चने जनाएको छ । यही च्यारिटीका लागि अहिले नै दश हजार पाउण्डको प्रतिवद्धता आएको केसीले जनाइन् ।

कोषमा नोभेम्बरसम्म ५ हजार पाउण्ड संकलन भएको थियो ।

समाजका अध्यक्ष धनबहादुर कुंवरले मानवीय सहयोगका लागि गर्न लागिएको च्यारिटीमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक