बेलायतका अधिकांश पत्रिकाको हेडलाइनहरुमा ब्रेक्जिट शीर्षकले कौतुहलता मच्चाइदिइरहन्छ । दिनप्रतिदिन नयां नयां तथ्यहरु निस्कंदै छन् । आउनुहोस् यसैमा रहेर चर्चा गरौं ।
ब्रेक्जिट पासा ः
बेलायती पूर्व प्रधानमन्त्री क्यामरुन सरकार नेटो लगायत सुरक्षा र आर्थिक मामिलामा अमेरिकासंग अछुतो रहेर काम गर्न सक्दैन थियो । चाहे क्यामरुन भन्दा अगाडिका प्रधानमन्त्री टोनी ब्लेयरको पालामा चलेको
इराक युद्ध होस्, चाहे साउदीलाई हतियार दिने होस् । अथवा सिरियामा एलाइन्स सेना होस् । ओबामा प्रशासन बेलायतले युरोपमा लिड रोल खेलेको देख्न चाहन्थ्यो तर त्यो सपना जर्मनीले त्यति सजिलै पुरा हुन दिएन । ईयूलाई जर्मनीले नै पकडमा राखिराखेको थियो । जर्मनी र ईयूको एलाइन्स तोडाउन र लिडिंग रोलमा आफू स्थापित हुने होडबाजी साथै कन्जरभेटिभ पार्टीको भविष्य बेलायतमा राम्रो राख्ने हेतुले बेलायतका पूर्व प्रधानमन्त्री क्यामरुनले बेक्जिट पासा फ्यांकेका थिए तर आफैं फंसे । क्यामरुन सरकारले इमिग्रेसन ईस्यु देखाएर त्यही जगमा क्यामरुनले दोस्रो पटक चुनाव जित्न सफल रहे तर इमिग्रेसन कन्ट्रोल हुने संकेत देखिएन । त्यसले ब्रेक्जिटलाई झनै मलजल गरिदियो । जसले राइट उइंग नाइजल फराजको उदय हुन पुग्यो । उनले आफ्नो मुल मुद्दामा इमिग्रेसनलाई नै राखेर सन् २०१३ देखि लगातार बेलायती राजनीतिमा तरंगित पारि नै रहे र त्यो अझै कायमै छ ।
डोनाल्ड ट्रम्पको उदय ः
ट्रम्प बेलायतले ईयू छाड्नु पर्छ र त्यसैमा बेलायतको भविष्य उज्ववल रहन्छ, यसमा बेलायतलाई अमेरिकाको पूर्ण सहयोग र समर्थन हुन्छ भनिरहेका छन् जसले ईयूलाई थप दवाव सिर्जना गरिदिएको छ । बेलायत यो बेला दुविधामा रहेको सिग्नल फ्यांकिरहेको छ । अमेरिकासंग अलग्गिन नसक्ने अनि अमेरिकासंग मिल्दा रुस संगको अब हुने सम्बन्धका बारेमा पनि धेरै सोच विचार गर्नुपर्ने देखिन्छ । डोनाल्ड प्रशासन रसियाको प्रभावमा रहिरहने निश्चित छ, जसले अमेरिकाको अरु देसहरुको सम्बन्धलाई अरु खल्बलाइदिन सक्छ । अब आउने दिनहरु कसैका लागि पनि सहज छैन् ।
ईयूको भविष्यः
बेलायतले ईयू छाड्ने नतिजासंगै ईयूको भविष्य माथि कालो बादल मडारिन लागेको छ । फ्रान्समा ‘ली पेन’ नेत्री जो ’फ्राएक्जिट’ अर्थात फ्रान्सलाई ईयूबाट निकाल्न चाहन्छिन् । अहिले उनको सुष्म उदय फ्रान्समा हुंदैछ । यदि उनले जितेको खन्डमा फ्रान्सले पनि ईयू छाड्ने निश्चित हुन्छ । जर्मनीको विपक्षी दलमा मलीन स्वर निस्कंदै छन् । ईटालीको चुनाव परिणामा ईयूको लागि त्यति सन्तोषजनक रहेन । ईटालीको २० वर्षमा आर्थिक उन्नति वार्षिक १ प्रतिशत पनि रहेन जस्ले ईयू नै रहेको निष्कर्ष निकाल्दै छ र इटालीका पूर्व प्रधानमन्त्री रेन्जीले चुनाव हार्नुले पनि ईयूलाई धेरै सोच्न वाध्य पारिदिएको छ । ईयू आफैमा पूर्ण छैन, अब कि ईयू फेरिनु पर्नेछ नत्र ईयूको भविष्य माथि कालो बादल लाग्न सुरु हुदैछ ।
सिंगल मार्केट भर्सेस फ्री मुभमेन्ट ः
अहिले दैनिक बेलायतका छापाहरुमा यो विषयले उच्च स्थान लिन सफल भएको छ । फ्री मुभमेन्ट भन्नाले युरोपमा रहेका सबै देशका मान्छेहरु बिना रोकतोक युरोपभर जहां गएर बस्न, ब्यापार र त्यही देशको नागरिक सरह बस्न सुविधा लिन पाउने अधिकारहरु सुनिश्चित गरिदिएको हुन्छ । आप्रवासीहरुका लागि मजवुत पाउन्ड, बेलायतीहरुको हार्दिकता, सहिष्णुता र सुविधा भत्ताहरुले पोल्यान्ड, रोमानिया, बुल्गेरिया आदि देशका मानिसहरु फ्री मुभमेन्टको उपयोग गर्दै सन् २००६ देखि बेलायत ओइरने क्रम सुरु भयो ।
पोल्यान्ड, रोमानिया, बुल्गेरिया र अन्य युरोपेली मुलुकबाट जनसंख्या बसाइसराइले बेलायती समाजलाई प्रभाव पारयो ।
अस्पतालहरुमा विरामीको चाप, विद्यालयहरुमा विद्यार्थीहरुको चाप र भत्ता सुविधा लिनेमा तिनै देशबाट आएका आप्रवासीहरुको संख्या धेरै देखियो जसले बेलायती समाजमा आप्रवासीप्रति घृणा सिर्जना गरिदियो । त्यसैको जगमा ब्रेक्जिटको जन्म भयो । यो सबै कुराको दोष फ्री मुभमेन्टलाई दिइयो । बेलायत फ्री मुभमेन्टलाई रोकेर सिंगल मार्केटमा रहिरहन चाहन्छ तर ईयूले सिंगल मार्केटमा रहन फ्री मुभमेन्ट पनि मान्नुपर्ने आफ्नो अडान राख्दै आएको छ ।
सिंगल मार्केट भन्नाले ईयू भरका देशहरुमा सामान आयात र निर्यात गर्दा लाग्ने एउटै कर र बिना रोकतोकलाई जनाउंछ अथवा ईयूको कमन बजारलाई जनाउंछ । उदाहरणका लागि लन्डन र पेरिसको बजार एक्कै रह्यो । लन्डनबाट पेरिस सामान निर्यात गर्दा आन्तरिक करको झमेलामा लाग्नु परेन, जुन बेलायतबाट गरिने निर्यातको लागि उत्तम रहयो । निर्यात भन्दा आयात बढि हुनाले बेलायतले कसरी ईयूसंग बारगेन गर्छ त्यसमा अर्थ व्यवस्था भर पर्ने देखिएको छ । सिंगल मार्केटमा रहन फ्री मुभमेन्ट पनि अंगाल्नुपर्ने देखियो जुन बेलायत चाहंदैन । यदि सिंगल मार्केटमा नरहेको खन्डमा त्यो हार्ड ब्रेक्जिट हुने देखियो ।
बैक अफ ईंग्ल्यान्डको गलत तथ्याकः
गत जुनमा भएको चुनावमा बैंक अफ ईंग्ल्यान्डले यदि ईयू छाड्ने भएमा त्यसको तत्कालै घरको भाउ २० प्रतिशतसम्म घट्ने, अर्थतन्त्र धरासायी हुने र बेरोजगारहरुको संख्यामा वृद्धि हुने अनि अर्थतन्त्र धरासायी हुने भन्दै ढोल पिटियो । हिजो भर्खरै बैंक अफ ईंग्ल्यान्डका चिफ इकोनोमिस्ट एन्डी हल्यान्डीले फेरी त्यो रिपोर्ट गलत भएको स्वीकारे । बेलायतको अर्थतन्त्र अझै मजवुत रहेको जनाइएको छ । १८ वर्षको इतिहासमा बेलायतले निर्यात वृद्धि गरेको छ र बेरोजगारी इतिहासमै कम संख्यामा झरेको छ । यो सोचे भन्दा ०.६ प्रतिशतले वृद्धि भएको छ । बैंकहरु सफल देखिएका छन् । केही समय बेलायतको अर्थतन्त्रमा असर परेपनि दीर्घकालीन रुपमा बेलायतलाई राम्रो नै हुने देखिन्छ ।
कुटनीतिक घम्साघम्सी ः
ईयूका लागि बेलायतका राजदूत सर इभान रोजर्सको राजिनामाले यो हप्ता बेलायत र ईयू दुवै तात्यो । सर इभान रोजर्सले ईयूबाट बेलायत पूर्ण रुपले छुट्टीन दुई नभएर दश वर्षसम्म लाग्न सक्ने विचार संगै सरकार पक्षबाट दवाव सिर्जना गराउंदा उनले राजीनामा दिएको मिडिया बताउंछन् । फेरी दुई दिन नबित्दै बेलायतले रसियाका पूर्व राजदूत सर टिम ब्यारोलाई नियुक्त गरेको छ । टिम ब्यारो खरो स्वभाव र ईयूलाई नियन्त्रणमा राख्न सक्ने विश्वास गरिएको छ ।
अबको भावी राजनीति अमेरिका र चीन, रसिया र बेलायत अनि ईयूको कस्तो सम्बन्ध रहन्छ भन्नेमा रहनेछ । नतिजा राम्रो नै हुने आशा गरौं । जय होस्
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार