
लन्डन । विश्व नेपाली साहित्य महासंघ बेलायत शाखाले आइतबार गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम गरेको छ । आसफोर्ड केन्टस्थित गोर्खा भिल्लामा कार्यक्रम भएको हो । थापाको एकल प्रस्तुतिका निम्ति शाखाकी महासचिव जानुका राई र सचिव करिष्मा घमले संयोजन गरेका हुन् ।
कार्यक्रमको प्रारम्भमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दिप तिगेलाले गायक थापालाई प्रमाणपत्र साथै दोसल्लाले सम्मान गरेका थिए । त्यसैगरि, महासंघ दक्षिण शाखा बेलायतका अध्यक्ष विजय हितानले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा गायककी ८५ वर्षीया वृद्धा आमा फिस्टिमाया थापाले छोरालाई आर्शीवाद दिएकी थिइन् ।
एकल सांगीतिक कार्यक्रमलाई पत्रकार जानुका राईले मुक्तक वाचन गर्दै अघि बढाएकी थिइन् । पहिलो चरणमा थापाले अग्रज गायकहरुको सम्झना गर्दै स्वर्गीय गायक गोपाल योन्जनले गाएको ‘घर त मेरो हिमाली पाखा वेसी हो रे’ ‘सान नानीको गालैमा कालो कोठी’, ‘फगत एक नजर’, ‘जुनी भरिलाई’, ‘खोला वारी खोला पारी’ ‘शिरैमा सिरि नी कान्छा’ जस्ता डेढ दर्जन भन्दा धेरै गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिए ।
कार्यक्रमको दोस्रो चरणमा गायक मोहन लिम्वुले ‘खोटाङ बजार’ बोलको गीत प्रस्तुत गरे । संघका उपाध्यक्ष औतारी साईंलाले ‘भूकम्प’ नामक कविता वाचन गरे लगत्तै साहित्यकार सुष्मा रुपावुङ राईले प्रदेशी भूमिमा रहेपनि गाउंघरको यादहरुलाई कवितामार्फत स्मरण गरेकी थिइन् ।
पूर्वको पशुपतिनाथ मानिने जिल्ला खोटाङमा जन्मिएका थापाले वि.स. २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका हुन् । बाल्यकाल देखि नै गीतसंगीतमा रुची भएका थापाले विद्यालय, कलेज, विश्वविद्यालय लगायत कयौं स्टेज कार्यक्रममा सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनले वि.स. २०५८ सालमा ‘बिहानी’ नामक पहिलो गीति एल्बम नेपाली श्रोता माझ सार्वजनिक गरेका थिए । वरिष्ठ गायक शिलाबहादुर मोक्तान, धनबहादुर गोपाली र सिबी क्षेत्रीबाट संगीतको शिक्षा लिएको उनले बताए । लामो समय देखि अध्यापन क्षेत्रमा आवद्ध थापाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
कार्यक्रमको अन्त्यतिर गायक थापाले अहिलेको चर्चित नेपाली फिल्म गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ