
लन्डन । विश्व नेपाली साहित्य महासंघ बेलायत शाखाले आइतबार गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम गरेको छ । आसफोर्ड केन्टस्थित गोर्खा भिल्लामा कार्यक्रम भएको हो । थापाको एकल प्रस्तुतिका निम्ति शाखाकी महासचिव जानुका राई र सचिव करिष्मा घमले संयोजन गरेका हुन् ।
कार्यक्रमको प्रारम्भमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दिप तिगेलाले गायक थापालाई प्रमाणपत्र साथै दोसल्लाले सम्मान गरेका थिए । त्यसैगरि, महासंघ दक्षिण शाखा बेलायतका अध्यक्ष विजय हितानले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा गायककी ८५ वर्षीया वृद्धा आमा फिस्टिमाया थापाले छोरालाई आर्शीवाद दिएकी थिइन् ।
एकल सांगीतिक कार्यक्रमलाई पत्रकार जानुका राईले मुक्तक वाचन गर्दै अघि बढाएकी थिइन् । पहिलो चरणमा थापाले अग्रज गायकहरुको सम्झना गर्दै स्वर्गीय गायक गोपाल योन्जनले गाएको ‘घर त मेरो हिमाली पाखा वेसी हो रे’ ‘सान नानीको गालैमा कालो कोठी’, ‘फगत एक नजर’, ‘जुनी भरिलाई’, ‘खोला वारी खोला पारी’ ‘शिरैमा सिरि नी कान्छा’ जस्ता डेढ दर्जन भन्दा धेरै गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिए ।
कार्यक्रमको दोस्रो चरणमा गायक मोहन लिम्वुले ‘खोटाङ बजार’ बोलको गीत प्रस्तुत गरे । संघका उपाध्यक्ष औतारी साईंलाले ‘भूकम्प’ नामक कविता वाचन गरे लगत्तै साहित्यकार सुष्मा रुपावुङ राईले प्रदेशी भूमिमा रहेपनि गाउंघरको यादहरुलाई कवितामार्फत स्मरण गरेकी थिइन् ।
पूर्वको पशुपतिनाथ मानिने जिल्ला खोटाङमा जन्मिएका थापाले वि.स. २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका हुन् । बाल्यकाल देखि नै गीतसंगीतमा रुची भएका थापाले विद्यालय, कलेज, विश्वविद्यालय लगायत कयौं स्टेज कार्यक्रममा सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनले वि.स. २०५८ सालमा ‘बिहानी’ नामक पहिलो गीति एल्बम नेपाली श्रोता माझ सार्वजनिक गरेका थिए । वरिष्ठ गायक शिलाबहादुर मोक्तान, धनबहादुर गोपाली र सिबी क्षेत्रीबाट संगीतको शिक्षा लिएको उनले बताए । लामो समय देखि अध्यापन क्षेत्रमा आवद्ध थापाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
कार्यक्रमको अन्त्यतिर गायक थापाले अहिलेको चर्चित नेपाली फिल्म गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’