काठमाडौँ, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा आज सो मुद्दामा कार्की पक्षका कानुनी व्यवसायीले बहस गर्नुभएको हो । कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता बाबुराम दाहाल, महादेव यादव, कुमार रेग्मी र सुरेन्द्र महतोले बहस गर्नुभएको छ । बहसमा उहाँहरुले कार्कीको योग्यता, नैतिक चरित्र राम्रो रहेको र उहाँको नियुक्ति संविधानसम्मत भएको तर्क प्रस्तुत गर्नुभएको थियो । शुक्रबार (भोलि) ११ बजेबाट पुनः सुनुवाइ सुरु हुनेछ ।
कार्कीको नियुक्ति र योग्यताविरुद्धको बहस यही पुस ७ गतेबाट सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । कार्कीतर्फका कानुन व्यवसायीले पुस ८ गते बहस सुरु गरेपनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा पुस २१ का लागि पुनः सुनुवाइ हुने तय गरिएको थियो ।
यो मुद्दाको सुरुमा निवेदक पक्षका कानुन व्यवसायीले अख्तियार प्रमुख हुन कार्कीको योग्यता नपुग्ने भएकाले नियुक्ति खारिज हुनुपर्ने जिकिर गरेका थिए । त्यसपछि दोश्रो दिन कार्कीका पक्षबाट अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गर्नुभएको थियो । दुवैजनाले कार्कीको योग्यता पुग्ने दावी गरेका थिए ।
यसअघि रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवी खनाल, सुनील पोखरेल, विजय मिश्रलगायत बहस गर्नुभएको थियो ।
यो मुद्दामा पुस ८ गते सहमहान्यायाधिवक्ता किरण पौडेललेसमेत बहस गर्नुभएको थियो ।
प्रमुख राजनीतिक दलले २०६९ फागुन ३० गते तत्कालिन प्रधानन्यायाधीश खिलराज नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने समझदारी गरेका थिए । सोहि समझदारीमा राजनीतिक समस्या समाधान गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी राजनीतिक संयन्त्र गठन गरिएको थियो । २०६९ चैत ३ गते बसेको संयन्त्रको कैठकले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्मा सिफारिस गर्ने निर्णय लिएको थियो । उक्त सिफारिसमा टेकेर परिषद्ले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्ति गरेको थियो ।
उक्त नियुक्ति संविधानविपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेका थिए । फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । सोहि पुनरवलोकन निवेदनमा अहिले अन्तिम बहस भइरहेका छन् । उहाँको नियुक्ति संविधानसम्मत भए नभएको सुनुवाइपछि मात्र निर्णय आउनेछ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक