
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मङ्गलबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, १९ पुस । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधान संशोधन प्रस्ताव प्रतिकूल हुने गरी अदालतले फैसला गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जिकिर गर्नुभयो
उहाँले भन्नुभयो – “सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।” बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको पनि गौतमले बताउनुभयो ।
नेता गौतमले भन्नुभयो, “सरकारले पहाड र मधेस अलग गरी देशलाई बर्बाद गर्नेखालको प्रस्ताव ल्याएकाले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय भएको छ ।” उहाँले संशोधन प्रस्ताव दर्ता गर्ने दल र सरकारले तराई र पहाडलाई अलग गर्नुपर्ने कारणको जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
यही पुस २२ गतेको जनप्रदर्शनलाई सशक्त, व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत बैठकमा छलफल गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको सहभागिता थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक