लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पारेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकैको मैदानमा आज सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पारयो भने मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलले एक, एक स्वर्ण पदक हात पारेको छ ।
कुल आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकका लागि भएको प्रतियोगितामा छ स्वर्ण र दुई कास्य पदकसहित मध्यमाञ्चल पहिलो भएको छ । यस्तै एक स्वर्ण, दुई रजत र तीन कास्यसहित पश्चिमाञ्चल दोस्रो तथा एक स्वर्ण र एक रजतसहित मध्यपश्चिमाञ्चल तेस्रो भएको छ ।
यस्तै प्रतियोगितामा पूूर्वाञ्चलले तीन रजत र तीन कास्य पदक प्राप्त गरयो भन्ने नेपाल प्रहरीले दुई रजत र एक कास्य पदक तथा सुदूरपश्चिमाञ्चलले पाच कास्य पदक हात पारेको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२५ केजी तौल समूहमा मध्यमाञ्चलका सतेन्द्रप्रसाद यादव, ६५ केजी तौल समूहमा मध्यमाञ्चलकै सरोज यादव, ७४ केजी तौल समूहमा मध्यमाञ्चलकै मुक्तार आलम, ६१ केजी तौल समूहमा मध्यमाञ्चलकै जयमङ्गल यादव, ५७ केजी तौल समूहमा मध्यमाञ्चलकै रामबाबु यादव, ९७ केजी तौल समूहमा मध्यपमाञ्चलकै सुुमीर कुमार साहले स्वर्ण पदक हात पारेको कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी ८६ केजी तौल समूहमा मध्यपश्चिमाञ्चलका रमेश गोतामे, ७० केजी तौल समूहमा पश्चिमाञ्चलका वैद्यनाथ यादवले स्वर्ण पदक हात पारेको छ । प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवका गरी ५२ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगितामा विजेता खेलाडीलाई पूर्वमन्त्री चित्रलेखा यादवले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक