मेलम्ची सुरुङमार्ग निर्माणमा ‘ब्रेक थ्रु’, २२ किमी पुरा

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्ग । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्ग । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडाँै, १३ पुस । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरुङ आज ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शुभारम्भ गर्नुभएको थियो ।

त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरुप सुरुङ खन्न नसकेपछि काम छाडेर हिँडेको थियो । पुनः ठेक्का छनोटको प्रक्रिया सुरु गरेर विसं २०७१ पुस १७ देखि इटालीको कम्पनी सिएमसीले सुरुङ खन्ने काम सुरु गरेको थियो । सिएमसीले गत असोजमा सुरुङ निर्माण गरिसक्ने सम्झौता गरेपनि भूकम्प र नाकाबन्दीले पूरा गर्न सकेको थिएन । सुन्दरीजलबाट सिएमसीले तीन हजार ५७०.२ मिटर सुरुङ खनेको हो ।

सुन्दरीजलबाट सिन्धुतिर र सिन्धुबाट सुन्दरीजलतिर सुरुङ निर्माण सम्पन्न भएपछि आज सिन्धुबाट ग्याल्थुङ, ग्याल्थुङबाट सिन्धु र अम्बाथान एवम् अम्बाथानबाट ग्याल्थुङ गरी चार स्थानमा सुरुङ निर्माण भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिनुभयो । “आजसम्म २७ किमी सुरुङमध्ये २२ किमी सम्पन्न भएको छ । अब ५.५ किमी सुरुङ बाँकी छ । २०७४ असोजसम्म सुरुङ निर्माण सकेर उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ”–उहाँले भन्नुभयो । सिन्धुदेखि ग्याल्थुङसम्म ७.५ किमीमध्ये २.५ किमी र ग्याल्थुङबाट अम्बाथानमा ८ किमी मध्ये ३ किमी सुरुङ निर्माण बाँकी रहेको समितिले जनाएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्गको भाग खुसीयाली मनाउँदै मेलम्ची खानेपानीमा कार्यरत कर्मचारी तथा कामदारहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आज जोडिएको सुन्दरीजलतर्फको सुरुङ मार्ग (टनेल) र सिन्धुपाल्चोकतर्फको सुरुङ मार्गको भाग खुसीयाली मनाउँदै मेलम्ची खानेपानीमा कार्यरत कर्मचारी तथा कामदारहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

आयोजना सम्पन्न गर्न एसियाली विकास बैंकले रु २४ अर्ब सहयोग गरेको छ । सुरुङ निर्माण सम्पन्न भएपछि पहिलो चरणमा दैनिक मेलम्चीको १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि यही सुरुङबाट ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव निर्माण सुरु भएको छ । विसं २०७८ सम्म याङ्ग्री र लार्केको गरी दैनिक थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने समितिको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री