लण्डन । चीनका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा दुई हप्ताको प्रवचनका लागि चीन पुगेका प्रा. डा. सूर्यप्रसाद सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको अन्तर्राष्ट्रिय कानूनी ग्रन्थको एक समारोहका बीच चीनको राजधानी बेइजिङमा लोकार्पण गरियो ।
उक्त ग्रन्थ विमोचन अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुएले गरेकी थिइन् । सुएले प्रा. सुवेदीको ग्रन्थले अन्तर्राष्ट्रिय कानूनको अध्ययन र अध्यापनमा एक मौलिक आयाम थपेको र चीनको आर्थिक विकासमा मद्दत पुग्ने बताइन् ।
प्रा. सुवेदीद्वारा लिखित बेलायतस्थित अक्सफोर्डको हार्ट प्रकाशनद्वारा प्रकाशित ‘अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानून र त्यसको अन्तर्राष्ट्रिय कानूनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध र समन्वय’ नामक उक्त ग्रन्थको चीनमा माग बढ्दै गएपछि चीनका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक श्री झाङ लीले दुई वर्षको मेहनत लगाएर उक्त ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए । बेइजिङको सभाहलमा भएको साे समारोहमा चीनका विभिन्न प्राज्ञिक व्यक्तित्वहरुले आफ्ना मन्तव्य राखेका थिए र प्रा. सुवेदीले अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानून र त्यसमा आएका परिवर्तनबारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
प्रकाशकको तर्फबाट हुआङ मिनले प्रा. सुवेदीको ग्रन्थ अन्तर्राष्ट्रिय कानूनको एक उत्तम ग्रन्थ भएकोले आफ्नो संस्थाले प्रकाशन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । उक्त ग्रन्थका अनुवादक प्रा. झाङ लीले प्रा. सुवेदीका विचारहरुद्वारा आफू प्रभावित भई धेरै मेहनत गरी उक्त ग्रन्थ अनुवाद गरेको बताएका थिए ।
उक्त समारोहमा अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुए, चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, कानून व्यवसायीहरु र अनुसन्धानकर्ताहरु सहभागी थिए । आफ्नी धर्मपत्नी श्रीमती कोकिला सुवेदीसहित चीन भ्रमणमा रहेका प्रा. सुवेदीले चीन सरकार, चीनका विश्वविद्यालयहरु र चीनका प्राज्ञिक मित्रहरुलाई आतिथ्य, स्वागत र सौहार्दताका लागि धन्यवाद दिएका थिए ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ