लण्डन । चीनका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा दुई हप्ताको प्रवचनका लागि चीन पुगेका प्रा. डा. सूर्यप्रसाद सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको अन्तर्राष्ट्रिय कानूनी ग्रन्थको एक समारोहका बीच चीनको राजधानी बेइजिङमा लोकार्पण गरियो ।
उक्त ग्रन्थ विमोचन अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुएले गरेकी थिइन् । सुएले प्रा. सुवेदीको ग्रन्थले अन्तर्राष्ट्रिय कानूनको अध्ययन र अध्यापनमा एक मौलिक आयाम थपेको र चीनको आर्थिक विकासमा मद्दत पुग्ने बताइन् ।
प्रा. सुवेदीद्वारा लिखित बेलायतस्थित अक्सफोर्डको हार्ट प्रकाशनद्वारा प्रकाशित ‘अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानून र त्यसको अन्तर्राष्ट्रिय कानूनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध र समन्वय’ नामक उक्त ग्रन्थको चीनमा माग बढ्दै गएपछि चीनका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक श्री झाङ लीले दुई वर्षको मेहनत लगाएर उक्त ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए । बेइजिङको सभाहलमा भएको साे समारोहमा चीनका विभिन्न प्राज्ञिक व्यक्तित्वहरुले आफ्ना मन्तव्य राखेका थिए र प्रा. सुवेदीले अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानून र त्यसमा आएका परिवर्तनबारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
प्रकाशकको तर्फबाट हुआङ मिनले प्रा. सुवेदीको ग्रन्थ अन्तर्राष्ट्रिय कानूनको एक उत्तम ग्रन्थ भएकोले आफ्नो संस्थाले प्रकाशन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । उक्त ग्रन्थका अनुवादक प्रा. झाङ लीले प्रा. सुवेदीका विचारहरुद्वारा आफू प्रभावित भई धेरै मेहनत गरी उक्त ग्रन्थ अनुवाद गरेको बताएका थिए ।
उक्त समारोहमा अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुए, चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, कानून व्यवसायीहरु र अनुसन्धानकर्ताहरु सहभागी थिए । आफ्नी धर्मपत्नी श्रीमती कोकिला सुवेदीसहित चीन भ्रमणमा रहेका प्रा. सुवेदीले चीन सरकार, चीनका विश्वविद्यालयहरु र चीनका प्राज्ञिक मित्रहरुलाई आतिथ्य, स्वागत र सौहार्दताका लागि धन्यवाद दिएका थिए ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी