डा. सिम्खडा सम्मानित

15683128_10211812524770471_337218279_n

लन्डन । लिभरपुल जोन मुर युनिभर्सिटीका एसोसिएट डिन डा. पदम सिम्खडा सम्मानित भएका छन् । प्रवासी नेपाली मञ्च यूकेले मंगलबार आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सिम्खडालाई दोसल्ला, सम्मानपत्र र ढाका टोपीले सम्मान गरेको हो ।

मञ्चका तर्फबाट राजदूत डा. दुर्गाबहादुर सुवेदी, माननीय सांसद कृष्णभक्त पोखरेल र मञ्चका अध्यक्ष रामशरण सिम्खडाले डा. सिम्खडालाई सम्मान गरेका थिए । सम्मानपत्रमा केही महिना अघि लिभरपुल जोन मुर युनिभर्सिटीको एसोसिएट डिन नियुक्त भएकामा सिम्खडालाई बधाई दिंदै उनको कडा परिश्रमको कदर गरिएको छ ।

प्रशंसा पत्रमा सिम्खडालाई अरुका लागि पनि अनुशरण गर्न लायक उदाहरणीय महान व्यक्तित्वका रुपमा चित्रण गर्दै सफलताको कामना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री