लन्डन । काभ्रेपलाञ्चोक सानो बाङथली ७ की ३२ वर्षीया लक्ष्मी परियारको कुटपिटपछि हत्या गरिएको भन्ने खबरप्रति आदिवासी जनजाति महिला महासंघ बेलायतले घोर भर्तसना गरेको छ ।
स्थानीय सूर्योदय माध्यमिक विद्यालयका शिक्षक गोदामचौर निवासी हिरा लामा र निजकी आमा काईंली माया लामा लगायतले कुटपिट तथा मलमुत्र खुवाए लगत्तै परियारको हत्या भएको समाचार प्रकाशमा आइरहंदा महासंघको विज्ञप्ति आएको हो ।
महासंघकी अध्यक्ष कमला थापा र महासचिव विमला सेनेले एक विज्ञप्ति प्रकाशित गर्दै अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय उक्त घट्नाका दोषीलाई कानुनी कठघरामा उभ्याएर कडा कारवाही गरियोस् भन्ने जोडदार माग गरेका छन् । विज्ञप्तिमा पीडित परिवारलाई न्यायोचित र अधिकतम रकम क्षतिपूर्ति उपलव्ध गराउन पनि माग छ ।
विज्ञप्तिमा भर्खरै पाल्पा निवासी नरबहादुर पुलामी मगरको छोरी २४ वर्षीया बिनु थापा पुलामी मगर र तनहुं ७ फुर्ङदी पाल्पाका लक्ष्मण बस्यालका छोरा २७ वर्षीय दिपेन्द्र बस्यालबीच बिबाह भएकामा दिपेन्द्रका बाबु लक्ष्मण बस्याल र उनकी आमाले जातीय भेदभावकै कारण आफंू जिउदो रहंदासम्म उक्त बिबाह अस्वीकार गर्ने भनेपछि बिनुको हत्या भएको जनाउंदै लगातार यस किसिमको अक्षम्य एवं निकृष्ट शैलीको रुदीवादी, जातीय भेदभाव, छुवाछुत र महिला हिंसाको घट्नाप्रति घोर भर्तसना गरिएको छ ।
अहिले नेपालमा माथिका जस्ता रुदीवादी, जातीय र लैंगिक विभेदको असर महिलामाथि लगातार पर्न गएको उल्लेख गर्दै विज्ञप्तिमा यस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको आक्षेप लगाइ गहिरो क्षोभ समेत प्रकट गरिएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित