
वासिङटन (अमेरिका), ३० मङ्सिर । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ ।
कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ ।
टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो । अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ ।
यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सङ्क्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताउनुभयो ।
गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।
सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले धारणा व्यक्त गर्नुभएको थियो । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ ।
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
मध्यपूर्वमा तनाव उत्कर्षमा : बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाद्वारा तत्काल तनाव कम गर्न आग्रह
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन