काठमाडौँ, ३० मङ्सिर । नेकपा (एमाले)ले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको जनाएको छ ।
पार्टीको स्थायी कमिटीको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ ।
बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
बैठकले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय