
लन्डन । नोभेम्बर अन्तिम साता बेलायतस्थित नेपाली मोडलहरु क्याटवाकमा उत्रंदा कोरियोग्राफर बिना राईको सबैले तारिफ गरे । बेलायतका नेपाली ब्युटीसियनहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले अल्डरसटस्थित दि प्यालेसमा फेसन शो गरेको थियो, जसमा ६ जना मोडल विभिन्न सिक्वेन्समा सामेल थिए । ‘बेलायतमा त्यति व्यवसायिक ढंगले फेशन शो होला भन्ने मेरो कल्पना बाहिर थियो’, ब्युटीसियन, मेकअप आर्टिष्ट, मोडल र कोरियोग्राफर बिनाले भनिन्,
‘बेलायतमा समेत मोडलिङ र फेशनमा भइरहेको व्यवसायिक
प्रगतिको एउटा उदाहरण थियो त्यो ।’ त्यतिबेला आकर्षण बुटिकको विभिन्न पहिरनमा थिए मोडलहरु । नेपाल छंदा उनले धेरै रयाम्प मोडलिङ गरेकाले पनि कोरियोग्राफी जिम्मा सहज भएको बिनाले सम्झिइन् ।
यतिखेर आफ्नो परिचयको दायरा फराकिलो हुंदै गएकामा मख्ख छिन् बिना । विगत १५ वर्षदेखि बेलायत बस्दै आएकी बिनाको खास पेशा सौन्दर्य हो । अरुलाई सुन्दर बनाउने जिम्मा लिएकी उनी आफैं पनि कम सुन्दरी छैनन् । ‘अरुले तिमी राम्री भनेर कम्प्लीमेन्टस दिंदा खुशी लाग्छ’, उनी भन्दै थिइन् ।
सन् २०१२ देखि सौन्दर्य व्यवसायमा आवद्ध छिन् उनी । उनको बेलायतस्थित फोकस्टन केन्टमा आफ्नै क्रिस्टल हेयर एण्ड ब्युटी स्टुडियो छ । सौन्दर्य व्यवसायमा चुनौती देख्छिन् उनी । आफूलाई अपडेट राखिराख्नुपर्ने, नयां कोर्स लिइ रहनुपर्ने र बेलायती ग्राहकको चित्त बुझाउनुपर्ने जिम्मेवारी कम सहज होइन । तरपनि आफ्नो ‘प्यासन’ भएकाले यसैमा रमाइरहेको उनले सुनाइन् ।
खोटांग जन्म घर भएकी बिना ब्रिटिश गोर्खा परिवारकी छोरी हुन् । उनले भर्खर लोकप्रिय गायक उदितनारायण झाले गाएको झरी सरी…बोलको गीतमा निर्मित म्यूजिक भिडियोमा अभिनय गरेकी छन् भने पूर्वेली राईहरुको चन्डी गीत ब्युटीफूल कान्छी…मा समेत उनलाई देखिन्छ । मेकअप आर्टिष्टको हैसियतमा उनले धेरै इभेन्ट्स गरेकी छन् ।

सानै देखि कलामा रुची थियो उनलाई । राम्रो सिनेमामा अफर आए अभिनय गर्ने इच्छा रहेको उनले बताइन् ।
यूके लाइफ अति व्यस्त छ । यस्तो चटारोमा लभ गर्ने फूर्सद नै भएन रे उनलाई । ‘माया बिना संसार अधुरो छ’, उनी भन्छिन्, ‘तर, मैले त्यो अनुभूति गर्न पाइन । सायद उचित समय आएपछि होला ।’
बेलायती खुल्ला परिवेशमा लामो समयदेखि घुलमिल भएपनि बिहे अघि सेक्स सम्वन्ध राम्रो मान्दिनन् उनी । ‘यो व्यक्तिको इच्छामा भर पर्ने कुरा हो’, उनले भनिन्, ‘म चाहिं यसबाट टाढै छु ।’
तस्विर सौजन्यः अमर राई
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय