
लन्डन । एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका वरिष्ठ न्यायधिशहरुसंग अन्तरक्रिया गर्ने भएको छ । यही १३ तारिख मंगलबार
सांझ ६ बजे गोल्डेनसीप रेष्टुरेन्ट, लन्डन साउथ ह्यारोमा कार्यक्रम गर्न लागिएको
हो ।
यतिखेर सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायधिश प्रकाशकुमार ढुंगाना, सर्वोच्च अदालतका सह रजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायधिश रमेशप्रसाद रिजाल, सर्वोच्चका उप रजिष्ट्रार विश्वराज पौडेल र अफिसर गीता श्रेष्ठ लन्डनमा छन् ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले अन्तरक्रियामा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।
यसैबीच, एनआरएनए यूकेको बैठक आगामी १८ तारिख एम्पायर हलमा बस्ने भएको छ । उक्त बैठकले २६ तारिखका दिन एम्पायर अल्डरसटमा आयोजना हुन लागेको नेपाल हाउस निर्माण सहयोगार्थ च्यारिटीको तयारी र अन्य महत्वपूर्ण प्रस्ताव उपर छलफल हुने जनाइएको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु