
लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल यूकेले शनिबार विविध लोक सांस्कृतिक कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम पृथक देखिन्थ्यो । कार्यक्रममा प्रत्यक्ष लोक दोहोरी देखि लाखे नाच, झ्याउरे नाच, तामाङ सेलो, सोरठी, च्याब्रुङ नाच, रोइला, कौडा नाच, भोजपुरी नाच लगायत आकर्षण रहे । नौमती बाजाको धुनले पनि दर्शकको मन जित्यो ।
झण्डै दुई घण्टा ढिलो कार्यक्रममा आइपुगेका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रतिष्ठानले प्रवासमा समेत लोक गीत संगीत संरक्षण र संवद्र्धन गर्ने कार्य गरेकामा प्रशंसा गरे । आफ्नो कला संस्कृति र आफू जन्मे हुर्केको माटो अनि बाटो जुनसुकै कुनामा बसेपनि भुल्न नहुने उनको टिप्पणी थियो ।
अध्यक्ष मोहन गुरुङले बेलायतमा समेत लोक तथा दोहोरी गीतको संवद्र्धन, संरक्षण र उत्थानका लागि प्रतिष्ठानले पहल गरिरहेको बताए ।
कार्यक्रममा लोक गायक गायिका सम्झना लामिछाने मगर, कल्पना सिरपाल, मधुसुदन थापा, सृजना गुरुङ, सन्जय नेपाली र दिलीप लिम्बुले गायन प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई विशिष्ट अतिथी थिए भने गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी, मोना यूके अध्यक्ष कमलबहादुर पूर्जा, गेसो अध्यक्ष कृष्णकुमार राई लगायत सयौं सहभागी थिए । कार्यक्रममा उपाध्यक्ष टंक शेरचनले स्वागत मन्तव्य दिए भने कलाकारहरुलाई प्रमाणपत्र दिइएको थियो ।
तस्विरहरुः मिलन तमु
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ