युकेमा नेपाल इन्जिनियर्स एसोसिएसनको शाखा गठन

 

nea

लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसनको युकेमा शाखा गठन भएको छ । आइतबार लण्डनमा आयोजित नेपाली इन्जिनियर्सहरुको भेलाले तेजेन्द्र रोकामगरको संयोजकत्वमा सात सदस्सीय तदर्थ समिति गठन गरेको हो । सदस्यहरुमा सुमन लामा, उदीप राई, रविमान श्रेष्ठ, रवीन्द्र मोक्तान, मनेन्द्र राई, सुमित गुरुङ रहेका छन् । नवगठित समितिका सदस्यहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएन) युकेका महासचिव विजयविक्रम लिंगदेनले खादा लगाइदिएका थिए ।

यसअघि सो भेलाको उद्घाटन गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका महासचिव विजयविक्रम लिंगदेनले गरेका थिए । कार्यक्रममा बोल्दै उनले एनआरएन युके इन्जिनियर्स एसोसिएसनसित सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । नेपालीका अन्य कार्यक्रमहरुमा धेरैजसो थाकेका र अधबैँसेहरु मात्र देख्ने गरेको तर इन्जिनियरहरुको कार्यक्रममा युवा र उर्जाशीलहरुलाई देखेको उनले थपे ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले युकेका नेपाली इन्जिनियरहरुलाई आफ्ना अनुभव र सीपहरु नेपालमा आदानप्रदान गर्न सुझाव दिए । उनले पत्रकार महासंघ र इन्जिनियर्स एसोसिएसनबीच नेपालमा सहकार्य हुँदै आएकोमा अहिले युकेमा पनि दुई प्रोफेसनल संस्थाका बीच सहकार्य गर्न आतुर रहेको बताए ।

नेपलिज नर्सेज एसोसिएसन युकेका प्रतिनिधि रेखा खरेलले पनि दुई संस्थाका बीच सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् ।
नवनिर्वाचित संयोजक रोकामगरले धेरै नेपाली इन्जिनियरहरुलाई समेट्ने, विधानअनुसार छिट्टै केन्द्रीय प्रतिनिधिहरु ल्याएर अधिवेसन गर्ने, युकेमा रहेका सबै संस्थाहरुबीच सहकार्य गर्ने, युकेमा रहेका नेपाली इन्जिनियरहरुले नेपालमा इन्टर्नसीप गर्न चाहेमा पहल गर्ने र युकेका नयाँ इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एसोसिएनमा दर्ता गराउने लगायतका योजना सुनाए ।

नेपाल इन्जिनियर्स एसोसिएनबाट युकेका लागि संयोजक तोकिएका तेजेन्द्र रोकामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मगर संघ युकेका महासचिव लालबहादुर पुन, म्याग्दी ओभरसिज नेपलिज एसोसिएन (मोना) युकेका महासचिव कुमार फगामी, सोसाइटी अफ नेपलिज इन्जिनियर्स एसोसिएन (सोनेक) प्रतिनिधि उमेश पराजुलीलगायतको उपस्थिति थियो ।

पूजा गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सुमन लामाले गरेका थिए । सन् १९६२ मा स्थापना भएको नेपाल इन्जिनियर्स एसोसिएसनमा करिब २० हजार इन्जिनियर आवद्ध छन् । नेपालबाहेक कतार, थाइल्याण्ड, जापान र अष्ट्रेलियामा एसोसिएसनको पहिल्यै शाखा गठन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री